• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:५२

टीकापुरमा कपाल कटाई महंगो

कैलालीमा कपाल कटाई महंगो भएको सेवाग्राहीको गुनासो छ । नाईसंघले संगठित भएर सेवाग्राहीलाई मंहगो शुल्क लगाएको आरोप छ । नाईसंघले कपाल काटेको एक सय रुपैया लिने निर्णय गरेको छ । बच्चाको कपाल काटेको ८० रुपैया तय गरेको छ । 
यसैगरी दाडी काटेको ५० रुपैया लिने गरेका छन् । टीकापुरमा पनि यहि दरमा कपाल र दाडी काट्ने काम शुरु भएपछि स्थानीय दुःखी भएका छन् । कैलाली जस्तो क्षेत्रमा कपाल काटेको यति चर्काे शुल्क लिंदा उपभोक्ता आक्रोशित भएका छन् । कपाल र दाडी काटेको शुल्क चर्काे भएको स्थानीय टेकराज बिनाडीले बताउनुभयो । विनाडीले श्रमको मुल्य मार्न नहुने बताउंदै तर यो दर रेट अत्ति महंगो भएको बताउनुभयो ।
जानकी गाउंपालिकाका रामराज ओझाले कपाल काट्ने उपभोक्ता आक्रोशित भएका बताउंदै समस्या समाधान गर्ने निकाय भने नभएको बताउनुभयो । उहांले महंगा शहरमा लिइने शुल्क टीकापुरमा लिन नहुने बताउनुभयो । नाईले यो मुल्य पौस महिना देखि लागु गरेका हुन् । कतिपयले व्यबहारिक रुपमा कम शुल्क लिएपनि नाईको पसलमा मुल्य सुचि राखेर नया“ दर कायम भएको बताउदै आएका छन् । 

प्रतिकृया दिनुहोस

टीकापुर नगरपालिका -५ मा हलुवा सवारी चालक तालिम सम्पन्न

# समाचार

२९ माघ, २०७५

टीकापुर नगरपालिका वडा नं. ५ को आयोजनामा भएको हलुवा सवारी चालक तालिम सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष रामशंकर डगौरा थारुले सानो लगानीमा

जानकी गाउपालिका स्तरीय दोस्रो खेलकुद प्रतियोगिता शुरु 

# समाचार

२९ माघ, २०७५

जानकी गाउपालिकामा दोस्रो गाउपालिका स्तरीय खेलकुद प्रतियोगिता सोमबार शुरु भएको छ ।  जानकी गाउपालिका स्तरीय खेलकुद विकास समिति अध्यक्ष कृष्ण

टीकापुर नगरपालिका प्रमुखको घोषणा : ‘नगरका सबैै वडामा स्वास्थ्य केन्द्र पु¥यायौं’

# समाचार

२८ माघ, २०७५

एकिन्द्र तिमिल्सिना टीकापुर/टीकापुर नगरपालिकाका सबै वडामा शहरी स्वास्थ्य केन्द्र खुलेका छन् । आइतबार वडा नम्बर ७ को सत्तीमा शहरी स्वास्थ्य केन्द्र