• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:४९

कैलालीमा स्वास्थ्य बीमा प्रति आकर्षण बढ्दो

एकिन्द्र तिमिल्सिना/कैलालीमा स्वास्थ्य बिमा गर्नेको संख्या १ लाख नाघेको छ । २०७४ जेठदेखि माघ १० सम्म स्वास्थ्य बिमा गर्नेकोसंख्या १ लाख ३ सय ८ पुगेको स्वास्थ्य बिमा बोर्ड कैलालीका दर्ता अधिकारी अनमोल रावलले जानकारी दिनुभयो ।
बिमितको संख्या बढ्दै जादा यसको चाप अस्पतालमा पर्न लागेको छ । टीकापुर अस्पताललाई पहिलो सेवा विन्दू मानेर उपचार गर्न विमित भएको संख्या ४१ हजार नाघेको टीकापुर अस्पतालका मेडिकल सुपरिटन्डेण्ट डाक्टर नरेन्द्र खनाल बताउनुहुन्छ । 
टीकापुर अस्पतालका व्यवस्थापक टेकराज भट्टका अनुसार २०७५ साउनदेखि पुस मसान्तसम्म टीकापुर अस्पताल आएका जम्मा ३७ हजार ४ सय ३६ बिरामी मध्ये ८ हजार ५ सय ४६ जना (२३ प्रतिशत) बिमित बिरामी आएका छन् । विमितहरुले १६ लाख ५४ हजार रुपैया बराबरको प्रयोगशाला सेवा, एक्सरे, चिरफारको सेवा र २० लाख २४ हजारको औषधि विमाबाट उपभोग गरिसकेका छन् । यही अवधिका ५ हजार ७ सय ४४ जनालाई निःशूल्क उपचार गरिएको छ । अस्पतालले ज्येष्ठ नागरिक, विपन्न, गरीब, अपाड्ड, स्वयंसेवक, एचआइभी संक्रमितको उपचार निःशूल्क रुपमा गर्दै आएको छ । बिमा नगरेका बिरामीले ३३ लाख १२ हजार रुपैयाको प्रयोगशाला सेवा लिएका छन्  बिरामीको चाप अनुसार जनशक्ति र औषधि पु¥याउन भने टीकापुर अस्पताललाई भने हम्मेहम्मे परेको छ । टीकापुर अस्पतालका  मेडिकल सुपरिटेन्डेण्ट खनालले बताउनुभयो । 
टीकापुर अस्पतालमा यो आर्थिक वर्षमा औषधि खरिदका लागि यो वर्षमा ५ लाख मात्रै आएको र त्यतिले सिटामोल पनि दिन नपुग्ने डाक्टर खनाल बताउनु हुन्छ । खनालले  अस्पतालले यही अवधिमा आन्तरिक आयबाट फार्मेसी मार्फत १० लाखको निःशूल्क औषधि वितरण गरिसकेको  बताउनु भयो । हाल टीकापुर अस्पतालमा  एमडीजीपी, हाडजोर्नी विशेषज्ञ, डेन्टल सर्जन एकएक जना, २ जना एमबीबीएस सरकारी दरबन्दीमा र एक जना बालरोग विशेषज्ञ टीकापुर नगरपालिकाले राखेको छ ।
टीकापुर अस्पतालले टीकापुर नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरिया, मोहन्याल गाउपालिका, लम्कीचुहा, भजनी नगरपालिका बिरामीलाई सेवा दिदै आएको छ । यसका साथै बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका नागरिकहरुको पनि पहिलो सेवा दिने संस्था टीकापुर अस्पताल हो । २०६३ देखि सामुदायिक स्वास्थ्य विमा सञ्चालन गर्दै आएको टीकापुर अस्पताल २०७३ देखि स्वास्थ्य विमा राष्ट्रिय कार्यक्रममा जोडिएको हो । स्वास्थ्य बीमा कार्यक्रममा ५ जनासम्मको परिवारले २ हजार ५ सय तिरे एक वर्षमा ५० हजारसम्मको स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस

टीकापुर नगरपालिका -५ मा हलुवा सवारी चालक तालिम सम्पन्न

# समाचार

२९ माघ, २०७५

टीकापुर नगरपालिका वडा नं. ५ को आयोजनामा भएको हलुवा सवारी चालक तालिम सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष रामशंकर डगौरा थारुले सानो लगानीमा

जानकी गाउपालिका स्तरीय दोस्रो खेलकुद प्रतियोगिता शुरु 

# समाचार

२९ माघ, २०७५

जानकी गाउपालिकामा दोस्रो गाउपालिका स्तरीय खेलकुद प्रतियोगिता सोमबार शुरु भएको छ ।  जानकी गाउपालिका स्तरीय खेलकुद विकास समिति अध्यक्ष कृष्ण

टीकापुर नगरपालिका प्रमुखको घोषणा : ‘नगरका सबैै वडामा स्वास्थ्य केन्द्र पु¥यायौं’

# समाचार

२८ माघ, २०७५

एकिन्द्र तिमिल्सिना टीकापुर/टीकापुर नगरपालिकाका सबै वडामा शहरी स्वास्थ्य केन्द्र खुलेका छन् । आइतबार वडा नम्बर ७ को सत्तीमा शहरी स्वास्थ्य केन्द्र