• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:४८

मेयरकपको उपाधि बीरेन्द्र विद्या मन्दिर, उपमेयर कपको उपाधि खड्ग स्मृतिले जिते

दुर्गा देवकोटा/रतनलाल चौधरी - टीकापुरमा जारी दोस्रो मेयरकपको उपाधि बीरेन्द्र विद्यामन्दिर माविले जितेको छ । माउण्ट सैपाल एकाडेमीलाई ६–५ ले पराजित गर्दै विरेन्द्र विद्यामन्दिरले उपाधी जितेको छ । यस्तै प्रथम उपमेयर कपको उपाधी खड्ग स्मृति मावि टीकापुरले जितेको छ । कर्णाली मावि टीकापुरलाई पराजित गर्दै खड्ग स्मृति मावि टीकापुरले उपमेयर कपको उपाधि जितेको हो । प्रतियोगितामा उपमेयर कपमा पब्लिक स्कुल टीकापुर र मेयर कपमा सन्तनिरंकारी मण्डलले तेस्रो स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ५१ हजार नगद सहित मेडल र शिल्ड प्रदान गरिएको छ भने दोस्रो हुनेलाई नगद ३१ हजार मेडल र शिल्ड प्रदान गरेको छ भने तेस्रो हुनेलाई १५ हजार नगद, शिल्ड र मेडल प्रदान गरिएको छ । मार्च पासमा प्रथम स्थान हासिल गरेको नोवेल पब्लिक स्कुललाई नगद ५ हजार प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका राष्ट्रिय प्रशिक्षक जगत टमट्टालाई ५१ हजार नगद सहित सम्मान गरिएको छ । खेलमा उत्कृष्ट खेलाडीको रुपमा अर्चना तिवारी, कुहिनुर आले र उदयमान खेलाडी सिंहमान आलेलाई फुटबल सुज प्रदान गरिएको छ । प्रदेश सांसद उमादेवी बादीलाई पनि ताम्रपत्रले सम्मान गरिएको छ ।

मेयरकप छात्र तथा उपमेयरकप छात्रा फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. रणबहादुर रावलले खेलकुद मानिसको जीवनको अभिन्न अंग भएको बताउनु भएको छ । प्रदेश सांसद रावलले भन्नुभयो ‘‘खेलको ईतिहास लामो रहेकोले खेलाडीको भविश्य निर्माणका लागि यस्ता खेलकुदले मद्धत गर्छ । सशस्त्र द्वन्द्वपछि स्थानीय स्तरमा यस्ता खाले खेल हुन छोडेका थिए । फेरि स्थानीय तहले गर्न थालेका छन् । यसले खेलाडीको क्षमता बढाउ“छ ।’’ अर्का सांसद उमादेवी वादीले खेलाडीहरुलाई खेल हार जितका लागि मात्र नभई खेल सिकाईका रुपमा लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावलले भन्नुभयो ‘‘विद्यालय स्तरमै राम्रा र क्षमतावान खेलाडी पाइने भएकोले खेलाडी उत्पादनमा सघाउने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरेका हौं । यस्ता अन्य खेलकुद पनि गर्नेछौं ।’’ समापन कार्यक्रममा पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराई, पूर्व मेयर रत्नप्रसाद संज्याल, नेपाली कांग्रेसका नगर सभापति धनराज उपाध्याय, राष्ट्रिय प्रशिक्ष्ँक जगत टमट्टा लगायतले बोल्नु भएको थियो । कार्यक्रममा स्वागत उपमेयर केशरी रावल विष्टले गर्नुभएको छ भने सञ्चालन नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

टीकापुर नगरपालिका -५ मा हलुवा सवारी चालक तालिम सम्पन्न

# समाचार

२९ माघ, २०७५

टीकापुर नगरपालिका वडा नं. ५ को आयोजनामा भएको हलुवा सवारी चालक तालिम सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष रामशंकर डगौरा थारुले सानो लगानीमा

जानकी गाउपालिका स्तरीय दोस्रो खेलकुद प्रतियोगिता शुरु 

# समाचार

२९ माघ, २०७५

जानकी गाउपालिकामा दोस्रो गाउपालिका स्तरीय खेलकुद प्रतियोगिता सोमबार शुरु भएको छ ।  जानकी गाउपालिका स्तरीय खेलकुद विकास समिति अध्यक्ष कृष्ण

टीकापुर नगरपालिका प्रमुखको घोषणा : ‘नगरका सबैै वडामा स्वास्थ्य केन्द्र पु¥यायौं’

# समाचार

२८ माघ, २०७५

एकिन्द्र तिमिल्सिना टीकापुर/टीकापुर नगरपालिकाका सबै वडामा शहरी स्वास्थ्य केन्द्र खुलेका छन् । आइतबार वडा नम्बर ७ को सत्तीमा शहरी स्वास्थ्य केन्द्र