• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:४७

मल्लिका विद्यापीठ गुरुकुलको चौधौं वाषिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

रतन चौधरी /टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले शिक्षालाई  व्यवस्थित तथा गुणस्तरीय बनाउन टीकापुरमा शिक्षा नीति बनाउन लागेको बताउनु भएको छ । 
मल्लिका विद्यापीठ गुरुकुलको चौधौं वाषिकोत्सव तथा अभिभावक दिवस अवसरमा भएको कार्यक्रमका नगर प्रमुख रावलले टीकापुरमा फरक विशिष्ट तिन ओटा शैक्षिक गुठिका रुपमा रहेका विद्यालयहरुलाई राम्रो बानाउनका लगि शिक्षा नीति बनाएर सहयोग गर्ने बताउनुभयो । 
उहाले गुरुकुललाई प्रदेश सरकारले केही बजेटको व्यवस्था गरी सकेको र अबका दिनमा नगरको स्रोतले भ्याएसम्म हरेक वर्ष बजेटको व्यवस्था गर्ने प्रतिवद्धता गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल आर्य सामाजका केन्द्रिय अध्यक्ष माधव प्रसाद उपाध्याय रहनुभएको थियो । कार्यक्रममा आर्य सामाजका टीकापुरका उपाध्यक्ष गोविन्दप्रसाद लमिछाने, नेपाली काग्रेंसका नगर सभापति धनराज उपाध्याय, प्राध्यपाक डा. जगत बहादुर सिंह रावल, सामावसेवि उदयराम अधिकारी, टीकापुर सामुदायिक पुस्तकालयका पुर्व अध्यक्ष धञ्जय तिमिल्सिना लगायतले बोलनु भएको थिए ।
विद्यालयका अध्यक्ष धनी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक वर्ष २०७४÷०७५को  ३२ लाख ८२ हजार ५ सय ८६ बराबरको आयव्यय विवरण तथा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक टीकाराम आर्यले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

टीकापुर नगरपालिका -५ मा हलुवा सवारी चालक तालिम सम्पन्न

# समाचार

२९ माघ, २०७५

टीकापुर नगरपालिका वडा नं. ५ को आयोजनामा भएको हलुवा सवारी चालक तालिम सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष रामशंकर डगौरा थारुले सानो लगानीमा

जानकी गाउपालिका स्तरीय दोस्रो खेलकुद प्रतियोगिता शुरु 

# समाचार

२९ माघ, २०७५

जानकी गाउपालिकामा दोस्रो गाउपालिका स्तरीय खेलकुद प्रतियोगिता सोमबार शुरु भएको छ ।  जानकी गाउपालिका स्तरीय खेलकुद विकास समिति अध्यक्ष कृष्ण

टीकापुर नगरपालिका प्रमुखको घोषणा : ‘नगरका सबैै वडामा स्वास्थ्य केन्द्र पु¥यायौं’

# समाचार

२८ माघ, २०७५

एकिन्द्र तिमिल्सिना टीकापुर/टीकापुर नगरपालिकाका सबै वडामा शहरी स्वास्थ्य केन्द्र खुलेका छन् । आइतबार वडा नम्बर ७ को सत्तीमा शहरी स्वास्थ्य केन्द्र