• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:५२

टीकापुरमा ७ दिने उद्घोषण तथा भाषण कला सम्बन्धि तालिमको समापन

महिला पुनस्थापना तथा तालिम केन्द्रको आयोजनामा भएको एक हप्ते उद्घोषण तथा भाषण कला सम्बन्धि तालिम सम्पन्न भएको छ । टीकापुर नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा भएको कार्यक्रममा बोल्दै वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । 
संस्थाका अध्यक्ष कमला केसीले समाजमा हुने गरेको हिंसाहरु न्युनिकरण गर्नका लागि महिलाहरुलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनुभयो । उहाले महिलाहरु परनिर्भर भएको कारण आफुमाथि भएको हिंसा बाहिर उजागर गर्न नसकेको बताउनुभयो । 
कार्यक्रममा वडा नं. १ का वडा सचिव पुष्कर थापा, सामाजसेवी सुर्यचन्द्र भटटराई, सहभागी विन्द्रा चौधरी, शुला खत्री, जाल्पा भट्टराई, पत्रकार गिता चौधरी लगायतले बोल्नु भएको थियो । 
तलिममा उद्घोषण गर्ने तरिका उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुरा, भाषण गर्ने, सिप लगायतको बारेमा छलफल गरिएको थयो । तालिममा नेपाल रेड्क्रस सोसाईटी टीकापुर उपशाखाका सभापति जगदिश्वर पण्डितले प्रशिक्षण दिनुभएको थियो । तालिम टीकापुर नगरपालिका वडा नं १ को आर्थिक सहयोग र महिला पुनस्थापना तथा तालिम केन्द्रको आयोजनामा रु १ लाखको लागतमा भएको हो । 

प्रतिकृया दिनुहोस

टीकापुर नगरपालिका -५ मा हलुवा सवारी चालक तालिम सम्पन्न

# समाचार

२९ माघ, २०७५

टीकापुर नगरपालिका वडा नं. ५ को आयोजनामा भएको हलुवा सवारी चालक तालिम सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष रामशंकर डगौरा थारुले सानो लगानीमा

जानकी गाउपालिका स्तरीय दोस्रो खेलकुद प्रतियोगिता शुरु 

# समाचार

२९ माघ, २०७५

जानकी गाउपालिकामा दोस्रो गाउपालिका स्तरीय खेलकुद प्रतियोगिता सोमबार शुरु भएको छ ।  जानकी गाउपालिका स्तरीय खेलकुद विकास समिति अध्यक्ष कृष्ण

टीकापुर नगरपालिका प्रमुखको घोषणा : ‘नगरका सबैै वडामा स्वास्थ्य केन्द्र पु¥यायौं’

# समाचार

२८ माघ, २०७५

एकिन्द्र तिमिल्सिना टीकापुर/टीकापुर नगरपालिकाका सबै वडामा शहरी स्वास्थ्य केन्द्र खुलेका छन् । आइतबार वडा नम्बर ७ को सत्तीमा शहरी स्वास्थ्य केन्द्र