• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०४:१६

टीकापुर पुस्तकालयमा पदस्थापन

टीकापुर स्थित सामुदायिक पुस्तकालयमा शुक्रवार पदस्थापन कार्यक्रम भएको छ । नव निर्बाचित अध्यक्ष लोक बहादुर खड्काको नेतृत्व कार्यसमितिलाई निबर्तमान अध्यक्ष धनञ्जय तिमिलसेनाको नेतृत्वको कार्य समितिले पद हस्तान्तरण गरेको हो । पद हस्तान्तरण कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक पुस्तकालयलाई व्यबस्थित गर्न जरुरी भएको बताए । उनीहरुले टीकापुर जस्तो सुन्दर नगरीमा व्यबस्थित पुस्तकालय भयो भने यस क्षेत्रका युवाहरुले सिक्ने अवसर पाउछन् भने । पुस्तकालयका अध्यक्ष धनञ्जय तिमिलसेनाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी मेयर तपेन्द्र बहादुर रावल रहनुभएको थियो । मेयर रावलले पुस्तकालय कुनै पनि शहरको गहना हो भन्नुभयो ।  पुस्तकालय पहिचान दिलाउने संस्था भएकाले नेतृत्व गर्नेहरुले अभिभावकत्व दिनुपर्नेमा जोड दिनुभयो । ‘संस्था कसरी परिचालन गर्ने भन्ने बारेमा व्यक्तिको भूमिका महत्वपूर्ण हो ’ , मेयर रावलले भन्नुभयो ,‘ संस्थामा राजनीतिकरण गर्नु हु“दैन ।’  पूर्ब उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले बितेको कुरा पछि नलागेर बर्तमानलाई जोड दिने हो भने सकारात्मक सन्देश जान्छ भन्नुभयो । उहा“ले संस्था चलाउदा पारदर्शी हुन जरुरी छ भन्नुभयो । कार्यक्रममा नेकपाका नेता श्याम खत्री, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, बीरेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष नवराज रावल, पुस्तकालयका सल्लाहकार संयोजक उदयराम अधिकारी, महिला नेतृ कल्पना उपाध्याय, अस्पताल व्यबस्थापन समितिका अध्यक्ष रतन बहादुर खड्का लगायतले पुस्तकालयको आवश्यकक्ता र स्थानीय तहले खुल्नुपर्ने भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । 
कार्यक्रममा स्वागत योजना अधिकारीले गर्नुभएको थियो भने संचालन निर्बतमान सह–सचिब ध्रुब रावलले गर्नुभएको थियो । नव निर्बाचित कार्यसमितिको उपाध्यक्ष, सचिब, कोषाध्यक्ष र सह–सचिबमा क्रमशः तारा प्रशाद जोशी, कण्ठराज गिरी, नरेन्द्र कठायत र मंगल शाह रहनुभएको छ ।सदस्यहरुमा, कमला बिष्ट , जवाल सिंह तिरुवा,  अमर बिष्ट, धर्मचन्द्र शर्मा, देबेन्द्र बहादुर शाह र खम्ब बहादुर ठकुल्ला निर्बाचित हुनुभएको छ । पदाधिकारी निर्बिरोध चयन भएपनि सदस्यमा कमला बिष्ट र जवाल सिंह तिरुवा बाहेक अरु सदस्यहरुका लागि  भने निर्बाचन भएको थियो । कार्यक्रममा निर्बाचन संयोजक कीर्ति सिंह बमले नव निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई सथप खुवाउनुभएको थियो । ‘सबै मिलेर पुस्तकालयको व्यबस्थापनलाई चुस्त दुरुस्त बनाउन जरुरी छ ,’ नेकपाका नेता तारा प्रशाद सञ्ज्यांलले भन्नुभयो ,‘ पुस्तकालयका बारेमा स्थानीय सरकारले बढी चासो देखाउन जरुरी छ भने कार्यसमितिले बजेट खोज्ने सवालमा चनाखो हुन जरुरी छ ।

प्रतिकृया दिनुहोस

टीकापुर नगरपालिका -५ मा हलुवा सवारी चालक तालिम सम्पन्न

# समाचार

२९ माघ, २०७५

टीकापुर नगरपालिका वडा नं. ५ को आयोजनामा भएको हलुवा सवारी चालक तालिम सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष रामशंकर डगौरा थारुले सानो लगानीमा

जानकी गाउपालिका स्तरीय दोस्रो खेलकुद प्रतियोगिता शुरु 

# समाचार

२९ माघ, २०७५

जानकी गाउपालिकामा दोस्रो गाउपालिका स्तरीय खेलकुद प्रतियोगिता सोमबार शुरु भएको छ ।  जानकी गाउपालिका स्तरीय खेलकुद विकास समिति अध्यक्ष कृष्ण

टीकापुर नगरपालिका प्रमुखको घोषणा : ‘नगरका सबैै वडामा स्वास्थ्य केन्द्र पु¥यायौं’

# समाचार

२८ माघ, २०७५

एकिन्द्र तिमिल्सिना टीकापुर/टीकापुर नगरपालिकाका सबै वडामा शहरी स्वास्थ्य केन्द्र खुलेका छन् । आइतबार वडा नम्बर ७ को सत्तीमा शहरी स्वास्थ्य केन्द्र