• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०४:१३

टीकापुर नगरपालिका प्रमुखको घोषणा : ‘नगरका सबैै वडामा स्वास्थ्य केन्द्र पु¥यायौं’

एकिन्द्र तिमिल्सिना
टीकापुर/टीकापुर नगरपालिकाका सबै वडामा शहरी स्वास्थ्य केन्द्र खुलेका छन् । आइतबार वडा नम्बर ७ को सत्तीमा शहरी स्वास्थ्य केन्द्र खुलेसंगै सबै वडामा स्वास्थ्य संस्था पुगेका हुन । ‘हामीले चुनावमा गरेका बाचा अनुसार आजदेखि नगरका सबै वडामा स्वास्थ्य केन्द्र पु¥याएका छौं,’  स्वास्थ्य केन्द्रको उद्घाटनमा बोल्दै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भन्नु भयो, ‘सबै वडामा स्वास्थ्य केन्द्र पु¥याउनु नगरपालिकाकै गर्वको कुरा हो ।’ प्रमुख रावलले वडा नम्बर ७ मा स्थानीय अगुवाबीच समन्वय भएको देख्दा खुशी भएको बताउदै स्वास्थ्य केन्द्रको आफ्नै भवन पनि चाडै बनाइने आश्वासन दिनुभएको छ । हाल शहरी स्वास्थ्य केन्द्र कृषि उपज बजारको २ कोठे भवनमा सञ्चालन हुदैछ । 
न्गरपालिकाको वडा नम्बर १ मा टीकापुर अस्पताल, वडा नम्बर ६ र ८ मा स्वास्थ्इ चौकी र बाकी वडा नम्बर २ को विजयनगर, ३ को रामपुर, ४ को अस्नेहरी, ५ को मनिकापुर, ९ को झुंगामा शहरी स्वास्थ्य केन्द्र खुलिसकेका छन् । 


कैलाली जिल्लाको पुरानो बजार सत्तीमा पहिले धेरै सरकारी कार्यालय भएपनि द्वन्द्वकालमा बन्द भएका थिए । भानु पुस्तकालयका अध्यक्ष देबेन्द्र ढुंगानाले सहरी स्वास्थ्य केन्द्रको आफ्नै भवन बनाउन र पहिले त्यहाबाट सरेका साल्ट ट्रेडिङ, पशु क्वारेन्टाइन, राष्ट्रिय वाणिज्य बैंक, लगायतका कार्यालयहरु पुनस्थापनाका लागि पहल गरिदिन नगरप्रमुखको ध्यानाकर्षण गराउनुभयो ।


सत्ती बजार व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले पहिले पनि कार्यालय सारिरहेने सत्तीमा स्वास्थ्य केन्द्र आउदैन कि भन्ने स्थानीयको चिन्ता समाप्त भएको बताउनुभयो । 
वडा नम्बर ७ का वडाध्यक्ष रामलाल डगौराले तालहरु, पदमप्रकाशेश्वर मँिदर, बेतबासको जंगल भएको अभाव रहेको शहरी स्वास्थ्य केन्द्रसंगै सत्ती बजारलाई पहिले झै बनाउने प्रयास भैरहेको बताउनु भयो ।


समाजसेवी मनिराम ढुंगानाले स्थानीय संभावनालाई समेट्ने गरी बजेट आउनुपर्ने र शहरी स्वास्थ्य केन्द्र जनसंख्याका हिसावले छिट्टै स्तरोन्नति हुनपर्ने बताउनु भयो । स्थानीय महिला अगुवा शान्ति खडकाले सत्तीका जनताले २०५५ सालदेखि माग्दै आएको स्वास्थ्य केन्द्र अहिले पाएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन टीकापुर नगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका सहसंयोजक कमलबहादुर रावलले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

टीकापुर नगरपालिका -५ मा हलुवा सवारी चालक तालिम सम्पन्न

# समाचार

२९ माघ, २०७५

टीकापुर नगरपालिका वडा नं. ५ को आयोजनामा भएको हलुवा सवारी चालक तालिम सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष रामशंकर डगौरा थारुले सानो लगानीमा

जानकी गाउपालिका स्तरीय दोस्रो खेलकुद प्रतियोगिता शुरु 

# समाचार

२९ माघ, २०७५

जानकी गाउपालिकामा दोस्रो गाउपालिका स्तरीय खेलकुद प्रतियोगिता सोमबार शुरु भएको छ ।  जानकी गाउपालिका स्तरीय खेलकुद विकास समिति अध्यक्ष कृष्ण

टीकापुर पुस्तकालयमा पदस्थापन

# समाचार

२५ माघ, २०७५

टीकापुर स्थित सामुदायिक पुस्तकालयमा शुक्रवार पदस्थापन कार्यक्रम भएको छ । नव निर्बाचित अध्यक्ष लोक बहादुर खड्काको नेतृत्व कार्यसमितिलाई निबर्तमान