जानकी गाउपालिका स्तरीय दोस्रो खेलकुद प्रतियोगिता शुरु

जानकी गाउपालिकामा दोस्रो गाउपालिका स्तरीय खेलकुद प्रतियोगिता सोमबार शुरु भएको छ । जानकी गाउपालिका स्तरीय खेलकुद विकास समिति अध्यक्ष कृष्ण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष प्रदिपकुमार चौधरी प्रमुख अतिथि रहनु भएको थियो । भने गाउपालिकाका उपाध्यक्ष उमा महतो विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा जानकी गाउपालिकाका शिक्षा शाखाका प्रमुख कलमबहादुर खड्का, सिनियर कराते खेलकुद प्रशिक्षक बालकुमार महतो लगायतले बोल्नु भएको थियो । कार्यक्रम संचालन स्वास्थ्य शाखाका संयोजक पदम परियारले गर्नु भएको थियो । खेलकुद प्रतियोगिता फागुना ३ गतेसम्म चल्ने छ । खेलकुद प्रतियोगिता कार्यक्रममा पौराणिक खेल, पुरुष तथा महिला भलिवल, व्याडमिन्टन, फुटबल लगायत खेलहरु रहेका छन् । खेलकुद प्रतियोगिता कार्यक्रम जानकी गाउपालिकाको आयोजना र जानकी गाउपालिका स्तरीय खेलकुद समितिको प्राविधिक सहयोगमा भईरहेको छ ।
टीकापुर नगरपालिका -५ मा हलुवा सवारी चालक तालिम सम्पन्न
# समाचार
२९ माघ, २०७५
टीकापुर नगरपालिका वडा नं. ५ को आयोजनामा भएको हलुवा सवारी चालक तालिम सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष रामशंकर डगौरा थारुले सानो लगानीमा
टीकापुर नगरपालिका प्रमुखको घोषणा : ‘नगरका सबैै वडामा स्वास्थ्य केन्द्र पु¥यायौं’
# समाचार
२८ माघ, २०७५

एकिन्द्र तिमिल्सिना टीकापुर/टीकापुर नगरपालिकाका सबै वडामा शहरी स्वास्थ्य केन्द्र खुलेका छन् । आइतबार वडा नम्बर ७ को सत्तीमा शहरी स्वास्थ्य केन्द्र
टीकापुर पुस्तकालयमा पदस्थापन
# समाचार
२५ माघ, २०७५
टीकापुर स्थित सामुदायिक पुस्तकालयमा शुक्रवार पदस्थापन कार्यक्रम भएको छ । नव निर्बाचित अध्यक्ष लोक बहादुर खड्काको नेतृत्व कार्यसमितिलाई निबर्तमान
प्रतिकृया दिनुहोस