• ५ फाल्गुण २०७५ आइतबार/ Sunday 2-17-2019
  • स्टुडियो टाईम : ०३:४८

अबको लडाई विकासका लागी हुनुपर्ने : सुदूरपश्चिम प्रदेशका सांसद डाक्टर रणबहादुर रावल

सुदूरपश्चिम प्रदेशका सांसद तथा प्रतिपिक्ष दलका नेता डाक्टर रणबहादुर रावलले अबको लडाई विकासका लागी हुनु पर्ने बताउनु भएको छ । टीकापुर महोत्सव २०७५ को समापन कार्यक्रममा बोल्दै उहाले टीकापुरको विकासका लागी सवै एक जुट हुनुपर्ने बताउनुभयो । 
उहाले सबैको प्रयासले भन्सारको स्तर उन्नती भएको बताउदै लम्की–टीकापुर–खक्रौला सडकको ४ लेनको डिपीआर तयार भईरहेको बताउनु भयो।  
सांसद रावलले यहाको विकासका लागि टीकापुर एयरपोर्ट र लम्की–टीकापुर–खक्रौला सडकको स्तर उन्नति हुन पर्ने बताउदै त्यसको नेतृत्व उद्योग बाणिज्य संघले लिनु पर्ने र त्यसमा सबैले एक जुट भएर लाग्न अनुरोध गर्नु भयो।
पूर्व उर्जा राज्य मन्त्रि चन्द्रसिंह भट्टराईले राज्यले कर असुलीका लागि सही निति बनाउनु पर्ने बताउनु भयो । 
संविधानसभाका पूर्व सभाषद हरीलाल ज्ञवालीले भोट माग्ने वेला अलग अलग एजेण्डा भए पनि विकासका लागि सबै पार्टीको एउटै एजेण्डा हुनुपर्ने बताउनु भयो । उहाले यहाका राजनितिक दलहरु पनि विकासको एजेण्डामा एक जुट भइरहेको बताउनु भयो । 
समापन कार्यक्रममा पूर्व मेयर रत्न प्रसाद सञ्ज्याल, नेकपाका प्रतिनिधि सूर्यचन्द्र भट्टराई, नेपाली कांग्रेसका नगर सभापति धनराज उपाध्याय, राष्ट्रिय जनमुक्ती पार्टीका मनिराम चौलागाई, ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंह, टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्य, टीकापुर नगर विकास समितिका अध्यक्ष रामचन्द्र शर्मा कट्टेल, टीकापुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नरेश कुमार खत्रि, सत्ति कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउद, टीकापुर जेसीजका अधयक्ष गणेश साउद, नागरिक समाजका भिमराम चपाई, व्यवसायी शिवलाल श्रेष्ठ लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो  ।
कार्यक्रममा शान्ति सुरक्षामा सहयोग गरेको भन्द्र ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहलाई सम्मान गरीएको थियो । टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष परशुराम चपाईको अध्यक्षतामा भएको समापन कार्यक्रम सञ्चालन महासचिव रामबहादुर भण्डारीले गर्नु भएको थियो । महोत्सवमा रु ४ करोड बढीको कारोवार भएको टीकापुर उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुरेन्द्र कीशोर गिरीले जानकारी दिनु भयो । 
यही माघ १८ गतेबाट शुरु भएको टीकापुर महोत्सवमा व्यपारी र प्रवद्र्धात्मक गरी २ सय ओटा स्टलहरु राखीएका थिए । महोत्सवमा सघाउने सबै संघ संस्था तथा व्यक्तिहरुलाई कदर पत्र समेत प्रदान गरीएको थियो र नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासील गर्ने विद्यालयहरुलाई पुरस्कार सहित प्रमाणपत्र प्रदान गरीएको थियो । 

प्रतिकृया दिनुहोस

राज्यले थारु समुदायलाई समान व्यवहार नगरेको : केन्द्रिय सहमहामन्त्रि मिनराज चौधरी

# विकास / पर्यटन

२९ माघ, २०७५

थारु कल्याणकारीणी सभाका केन्द्रिय सहमहामन्त्रि मिनराज चौधरीले राज्यले थारु समुदायलाई समान व्यवहार नगरेको अनुभूति भईरहेको बताउनु भएको छ । टीकापुर

टीकापुर महोत्सब डेढ लाखले अवलोकन गरे

# विकास / पर्यटन

२९ माघ, २०७५

टीकापुर महोत्सवलाई ११ दिनसम्म डेढ लाख मानिसले अवलोकन गरेको उद्योग वाणिज्य संघ टीकापुरले जनाएको छ ।   माघ १८ बाट सुरु भएको महोत्सबलाई डेढ लाख

महोत्सवमा नयॉ नयॉ व्यापारको प्रवर्दन हुदै

# विकास / पर्यटन

२१ माघ, २०७५

टीकापुर महोत्सवमा यस वर्ष पनि व्यवसायीहरु टाढा टाढाबाट आआफ्ना बस्तुहरु बेच्न आएका छन् । फरकफरक लक्ष्यका साथ आएका व्यवसायीहरु कोही शुरुकै बिक्रीबाट