News & Events»
प्रथम सहिद लखन थापामगरको सम्झनामा १४०औं स्मृति दिवस मनाइयो

 टीकापुर ०२ फागुन, नेपालको प्रथम सहिद लखन थापामगरको सम्झनामा १४०औं स्मृति दिवस सोमबार टीकापुरको बनगाउमा मनाइएको छ । “एकिकृत मगरात पहिचान र अधिकार सहितको संघिएता हाम्रो अडान, मगरात स्वायत्त प्रदेश स्थापनाका निम्ती साझा अभियान” भन्ने नाराका साथ मनाइएको स्मृती दिवस  नेपाल मगर संघ नगर समितीको आयोजनामा भएको हो । 

वि.सं. १८९१मा जन्मनुभएका नेपालका प्रथम सहिद लखन थापाले जहानिया राणा शासनका विरुद्ध लड्दै गर्दा उहाँलाई वि.सं. १९३३ फागुन २ गतेका दिन राणाहरुले गोर्खाको बुङकोटको काउलेमा फासी दिएर मारिएको इतिहास रहेको छ ।  दिवसका अवसरमा नेपालका प्रथम सहिद लखन थापालाई सम्झदै नेपाल मगर संघका केन्द्रिय सदस्य बिन्द्रा बलामी मगरले मगरहरु सोझा र पहुँच नभएकोले राज्यले अन्य चार जनालाई सहिद मानेको भएपनि पछिमात्र लखन थापालाई प्रथम सहिद मानेको इतिहास पढेको बताउनुभयो । 
उहाँले लखन थापाले सहादत प्राप्त गरेको दिन फागुन २ गतेको दिनलाई युगौयुग सम्झिने बताउनुभयो । नेपाल मगरसंघका जिल्ला अध्यक्ष चक्र अस्लामी मगरले नेपाललाई स्वर्ण युगमा पु¥याउने लिक्षविहरु मगर थिए भनेर इतिहासकार हरुले नभनेको इतिहास लेख्ने स्थानसम्म मगरहरुको हात नपुगेको दुःख ब्यक्त गर्दै इतिहासको पुन लेखनको आवश्यक भएको बताउदै लखन थापाका सन्तानहरु पनि यहि रहेको तर कसैले त्यसको खोजी नगरेको बताउनुभयो । 
उहाँले नेपाल मगर संघले राज्य सामु प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभुति घोषणा गरिनुपर्ने, लखन थापाले सहादत प्राप्त गरेको दिन फागुन २ गते सार्वजनिक विदा दिनुपर्ने, फागुन २ गतेदेखी सहिद सप्ताह हुनुपर्ने लगायतका मागहरु राखेर अगाडी बढीरहेको जानकारी दिनुभयो । नेपाल मगरसंघका नगर अध्यक्ष विर बहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कविराज घर्तिमगरले गर्नुभएको थियो । कार्यक्रममा तेज बहादुर पुन मगर, खडक बहादुर गाहा मगर, जयप्रकासश घर्ति, लगायतले बोल्नु भएको थियो । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार