News & Events»
प्रमुखविहिन इलाका प्रशासनमा अधिकृत खटाइए

 टीकापुर ०२ फागुन, प्रमुखविहिन हुदा इलाका प्रशासन कार्यालय टीकापुरबाट पाउने सेवा बाट बञ्चित सेवाग्राहीले मंगलबारदेखि सेवा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले प्रशासकीय अधिकृत बसन्त बोहरालाई पठाइसकेको र फागुन ३ गते आउने संभावना रहेको इलाका प्रशासन कार्यालय टीकापुरका सुब्बा डम्बरसिंह खडकाले बताउनुभयो ।

माघ १० गते कार्यालय प्रमुख गणेशप्रसाद आचार्य दाङ सरुवा हुनु भएको र टीकापुर खटाइएका जगतबहादुर बस्नेत हाजिर हुन नआएपछि  इलाका प्रशासन कार्यालय टीकापुर प्रमुखविहिन भएको थियो । प्रमुख नहुदा नागरिकता र पासपोर्टका बनाउने कार्य बन्द भएको छ । माघ १७ गते इलाका प्रशासन कार्यालय सुखडबाट अधिकृत शित्तलसिंह उखेडा आइ सेवा दिएपनि माघ १८ गते यता आएका झण्डै चारसय नागरिकताका आवेदन पेण्डिङमा रहेको सुब्बा खडकाले जानकारी दिनुभयो ।
नागरिकता बनाउन आवेदन दिएको धेरैदिन भैसक्दा पनि नागरिकता नपाएपछि दिक्क भएको मुनुवाका सागर कुश्मीले बताए । हाकिम आइ हाल्छन कि भनेर सेवाग्राहीलाई आज भोलि आउनु पर्सी आउनु भनेर कुराउदा रिसाउन थालेका सुब्बा खड्काले बताउनु भयो ।
इलाका प्रशमसन कार्यालय टीकापुरका पेश भएका साढे दुईसय पासपोर्ट धनगढीमा हस्ताक्षर गरी काठमाडौं पठाइ सकिएको र नागरिकतामा मात्र हस्ताक्षर हुन बाकी रहेको पनि इलाका प्रशासन कार्यालयले जानकारी दिनुभएको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार