News & Events»
कैलालीको भजनीमा पहिलो पटक भजनीत्रिशक्ति महोत्सव २०७३ हुदै, महोत्सवको तयारी पूरा भएको आयोजकको ज

 टीकापुर ०३ फागुन, कैलालीको पुरानो बजार भजनीमा भजनीत्रिशक्ति महोत्सव २०७३ हुने भएको छ । भजनी नगर उद्योग वाणिज्य संघको आयोजनामा भोलिदेखि १३ गतेसम्म महोत्सव हुदैछ । महोत्सवको उद्घाटन नेपाली कागे्रसका महामन्त्री डाक्टर सशांक कोइरालाले गर्नुहुने कार्यक्रम छ । महोत्सवमा ३१ लाख खर्च हुने र एकलाख मानिसले अवलोकन गर्ने आयोजकहरुले अनुमान गरेका छन् । 

भजनी उद्योग वाणिज्य संघका महासचिव नैनबहादुर चौधरीले महोत्सवको ९९ प्रतिशत तयारी भैसकेको बताउनुभयो । कोषाध्यक्ष गोविन्द हमालले जिल्लाको पुरानो राजधानीको पहिचान र गुलरियाघाटमा पुल निर्माणका लागि महोत्सव गर्न लागेको बताउनु भयो । महोत्सवले स्थानको पहिचान हुनेमा पनि स्थानीयको विश्वास छ । भजनी महोत्सव ऐतिहासिक काम हुने र यसको भजनीको पहिचान हुने स्थानीय व्यापारी टंकप्रसाद जोशीले बताउनुभयो ।
महोत्सवले गुलरियाघाटमा पुल बन्ने संभावनाको नारा ल्याएकोमा पनि स्थानीयहरु खुशी छन् । स्थानीय व्यापारी नवराज काफ्ले र भजनी बन समन्वय समिति सचिव जगतबहादुर विक बाढीपीडित क्षेत्र भएकोले धेरै पछि परेपनि महोत्सवका माध्यमले मोहनामा पुल बनाउन सके यस क्षेत्रको मुहार फेरिन बताउनु भयो ।
भजनी उद्योग वाणिज्य संघका अध्यक्ष पे्रमराज जोशीले सबैको सहयोगमा महोत्सव सफल हुने भजनीको विकासका संभावनाको ढोका खुल्ने अपेक्षा गर्नु भएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • साहस08:15 am- 08:45 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • देउडा चौतारी(फोन ईन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:10 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार