News & Events»
दुर्गौलीमा ममतामयी मातृत्व दिवस

 टीकापुर, फागुन २ ,

भ्यालेन्टाइन दिवस भन्दै युवाहरुमा नकारात्मक प्रभाव पर्न थालेको भन्दै कैलालीको दुर्गौलीमा एक कार्यक्रमको आयोजना गर्दै ममतामयी मातृत्व दिवस मनाइएको छ । ‘हाम्रो सानो प्रयासले केही सकारात्मक परिर्वन ल्याउंछकी’ भन्ने नाराका साथ दुर्गौलीस्थित पतञ्जली विद्यास्थलीको आयोजनामा छैठौ ममतामयी मातृत्व दिवस मनाइएको हो । प्रेम दिवसका नाममा समाजमा विकृति फैलन थालेपछि विगत छ वर्षदेखि ममतामयी मातृत्व दिवसका रुपमा जन्म दिने आमाको सम्झना गर्दै आमाको छोराछोरी प्रतिको प्रेम दर्शाउँदै ममतामयी मातृत्व दिवस मनाइएको समाजसेवी मोहन उपाध्यायले बताउनुभयो । 
ममतामयी मातृत्व दिवसकै अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम समेत गरिदै आएको उहांले बताउनुभयो । 
कार्यक्रममा कविता प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा छात्रातर्फ कालिका प्रावि धर्मापुरकी प्रतिक्षा सोडारी प्रथम, पतञ्जली विद्यास्थलीकी अपेक्षा भण्डारी द्धितीय र शिवबाबा स्कूलकी धना विष्ट तृतीय हुनुभएको छ । त्यस्तै छात्रतर्फ शिवबाबाका पारस न्यौपाने प्रथम, पतञ्जलीका हृदेश काफ्ले द्धीतीय र कालिका प्रावि धर्मापुरका खगेन्द्र खनाल तृतीय हुनुभएको छ । त्यस्तै बक्तृत्वकला प्रतियोगिता पनि भएको छ । छात्रातर्फ पतञ्जली विद्यास्थलीकी सपना उपाध्याय प्रथम, सरस्वती माविकी तारा सुनार द्धितीय, गायत्री निमाविकी दिपा शाह तृतीय हुनुभएको छ । त्यसैगरी छात्रतर्फ पतञ्जलीका प्रकाश ढुंगाना प्रथम, महेन्द्र शिशुका विवेक शाही द्धितीय र सरस्वती मावि दुर्गौलीका गोपाल शाह तृतीय हुनुभएको छ ।
विद्यास्थलीका शिक्षक विपुल भण्डारीले संचालन गर्नुभएको कार्यक्रम कालिका प्राविकी शिक्षिका धनमाया चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा टीकापुर नगरपालिकाका पूर्व मेयर रत्नप्रसाद सञ्याल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा आरएमइ स्कूलका प्रिन्सिपल तेजराज खनाल विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा रविन्द्र टमट्टाले स्वागत गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हमार संविधान07:30 am- 07:45 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • गितहरु08:15 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • मन भित्तरके मन4:15 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • भन्छिन आमा (नेपाली भाषा)5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देश परदेश7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार