News & Events»
कैलालीको भजनीमा भजनीत्रिशक्ति महोत्सव २०७३ शुरु, देशलाई निकास दिन निर्वाचन हुनैपर्ने कागे्रस

 दुर्गा देवकोटा टीकापुर ०४ फागुन,

कैलालीको भजनीमा भजनीत्रिशक्ति महोत्सव २०७३ उद्घाटन भएको छ । महोत्सवको नेपाली कागे्रसका महामन्त्री डाक्टर सशांक कोइरालाले उद्घाटन गर्नुभएको हो । महोत्सव उद्घाटन गर्दै महामन्त्री कोइरालाले भजनीबासीका मागलाई प्रधानमन्त्री समक्ष बुझाउने बताउंदै यस क्षेत्रको विकासका लागि पहल गर्ने बताउनुभयो ।
 महामन्त्री कोइरालाले यो क्षेत्र प्रजातन्त्रका लागि लागिपरेको ठाउं भएको विपी कोइरालाले बताएको बताउंदै राजनीतिक परिस्थिति जटिल भएकोले प्रजातन्त्रलाई दिगो बनाउन नेपाली कांग्रेसलाई सहयोग गर्न आग्रह गर्नुभयो । कोइरालाले देशलाई निकास दिन जसरी भएपनि निर्वाचन हुनुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो ।
महोत्सवको उद्घाटन समारोहमा सांसद तथा नेपाली कांग्रेसका संसदीय दलका सचेतक ईश्वरी न्यौपाने, सांसद बुद्धिसागर चौधरी, राष्ट्रिय विकास परिषदका सदस्य तथा नेपाली कांग्रेस क्षेत्र नं. १ का महासमिति सदस्य डाक्टर रणबहादुर रावलले महोत्सवको सफलताको शुभकामना दिनुभएको थियो ।
भजनी नगर उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि शुरु भएको महोत्सव १३ गतेसम्म संचालन हुनेछ । महोत्सवमा ३१ लाख खर्च हुने र एकलाख मानिसले अवलोकन गर्ने आयोजकहरुले अनुमान गरेका छन् । 
भजनी उद्योग वाणिज्य संघका महासचिव नैनबहादुर चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । जिल्लाको पुरानो राजधानीको पहिचान र गुलरियाघाटमा पुल निर्माणका लागि महोत्सव आयोजना गरिएको हो । महोत्सवले स्थानको पहिचान हुनेमा पनि स्थानीयको विश्वास छ । भजनी महोत्सव ऐतिहासिक काम हुने र यसको भजनीको पहिचान हुने आयोजकले जनाएको छ । कार्यक्रम उद्योग वाणिज्य संघका सचिव जयबहादुर बुढाले संचालन गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • साहस08:15 am- 08:45 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • देउडा चौतारी(फोन ईन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:10 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार