News & Events»
थारु समुदायको पिलर भएकोले बिग्रिएको सद्भाव कायम गर्न जिम्मेवार बन्न नेपाली कांग्रेसका कार्यकर

महामन्त्री कोइरालाले कैलालीमा थारु समुदायसंग सम्बन्ध बिग्रिएको सुन्दा दुःख लागेको बताउनुभयो । कोइरालाले कैलाली आएका बेला विपिले भोलिको प्रधानमन्त्री थारु हुन्छ भन्नुभएको स्मरण गराउदै थारु भनेको कांग्रेसको मात्र नभइ यो समाजको पिलर हो । त्यसैले थारु समुदायबाट कोही अलग हुन नसक्ने बताउनुभयो ।
कोइरालाले लोकतन्त्र र स्थायीशक्तिको रुपमा उभिएको पार्टी कांग्रेस मात्रै भएको बताउंदै अब समयमै निर्वाचन गर्न जरुरी रहेको बताउनुभयो ।
उहांले भन्नुभयो–‘यो निर्वाचन गर्नैपर्छ । स्थानीय निर्वाचनका लागि यो साताभित्रै मिति घोषणा गर्न प्रधानमन्त्रीलाई दवाव दिएका छौं ।’ कोइरालाले ५ नं. प्रदेशमा नागरिकले प्रदेश टुक्र्याउन पाइदैन भन्दै विरोध गरेकोले जनताको चाहना अनुसार स्थानीय निर्वाचन पछि संविधान संसोधन गरी प्रदेशको निर्वाचन गरेर देशलाई निकास दिन आवश्यक भएको बताउनुभयो ।
    महामन्त्री कोइरालाले नेताहरुलाई गुट उपगुटका पछाडि नलाग्न आग्रह गर्दै भन्नुभयो–गुट उपगुटले कांग्रेसलाई ध्वस्त पार्छ । चुनौति धेरै छन् । सबै कांग्रेसहरु मिलेर सामना गर्नुपर्छ ।’
कार्यक्रममा कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले स्थानीय निकायको निर्वाचनका लागि कैलाली कांग्रेस तयार रहेको बताउंदै केन्द्रले जिल्लाका नेताहरुलाई कार्यकर्तामाझ कसरी जाने भनी प्रशिक्षण लगायतका कार्य गर्नुपर्ने बताउनुभयो ।
सांसद बुद्धिसागर चौधरीले टीकापुर क्षेत्रमा बिग्रिएको सद्भाव कायम गर्ने क्षमता कांग्रेसमा मात्रै भएको बताउंदै सद्भाव कायम गर्न कांग्रेस सक्रीय रहेको बताउनुभयो । चौधरीले समावेशी राजनीतिको शुरुवात कांग्रेसबाटै भएको स्मरण गराउंदै कांग्रेस कहिल्यै जातजातिका विरद्ध उत्रिदैन भन्नुभयो । कार्यक्रम समापन गर्दै क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले स्थानीय स्तरमा रहेका नेता कार्यकर्ताको छवि मूल्याकंन गर्न समेत जरुरी रहेको बताउंदै भावी पुस्तालाई पनि पार्टीले अवसर दिनुपर्ने बताउनुभयो ।
क्षेत्रीय सचिव प्रकाश शाहले संचालन गर्नुभएको कर्याक्रममा कोषाध्यक्ष थर्कबहादुर शाहले स्वागत गर्नुभएको थियो ।
 

ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हमार संविधान07:30 am- 07:45 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • गितहरु08:15 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • मन भित्तरके मन4:15 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • भन्छिन आमा (नेपाली भाषा)5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देश परदेश7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार