News & Events»
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको दुई तले भवन शिलान्यास, खानेपानी आयोजनाले निर्माण गरिदिए

 टीकापुर ०५ फागुन, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय टीकापुरको भवन शिलान्यास कार्यक्रम भएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी दुईतले भवनको शिलान्यास गरिएको हो । शिलान्यास गरिएको भवनमा ८ कोठा तल र माथिल्लो तलामा हल निर्माण गरिने जनाइएको छ । जिल्ला विकास समिति कैलालीको ४ लाख सहयोग पाएपछि भवन शिलान्यास गरिएको हो । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय टीकापुरकी संचालिता सिता दिदीले जिविसको सहयोग पाएपछि भवन निर्माण शुरु गरेको बताउनुभयो ।

सिता दिदीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बह्मकुमारी विश्वविद्यालयकी क्षेत्रीय संचालिकँ हिरा दिदी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा खानेपानी तथा सरसफाई आयोजनाले विश्वविद्यालय परिसरमा बनाएको शौचालय हस्तान्तरण कार्यक्रम समेत भएको थियो । खानेपानी आयोजनाले टीकापुर नगरपालिकाको १५ प्रतिशत सहयोग र आयोजनाको ८५ प्रतिशत गरी २२ लाख लागतमा महिला र पुरुषको छुट्टाछुट्टै सुविधासम्पन्न शौचालय निर्माण गरिदिएको हो । 
कार्यक्रममा राष्ट्रिय विकास परिषदका सदस्य तथा नेपाली कांग्रेसका महासमिति सदस्य डाक्टर रणबहादुर रावल, क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, साना शहरी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष नवराज रावल, कांग्रेस महाधिबेशन प्रतिनिधि विष्णुदेवी रावल, खानेपानी आयोजनाका इन्जिनियर भोलाप्रसाद चौधरी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम हेमराज भण्डारीले संचालन गर्नुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हमार संविधान07:30 am- 07:45 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • गितहरु08:15 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • मन भित्तरके मन4:15 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • भन्छिन आमा (नेपाली भाषा)5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देश परदेश7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार