News & Events»
कैलालीमा माछापालन

 धनगढी २६ बैशाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ब्लकका रूपमा एक सय हेक्टर जग्गामा धानखेती र ९५ हेक्टर बराबरको जलाशयमा माछापालन गर्न लागिएको छ । 

धानको खेती गर्न जिल्लाको साविक फूलबारी, पवेरा र रतनपुर गाविस र माछापालनका लागि साविक गदरिया, हसुलिया, खैलाडलगायतका गाविस छनोटमा परेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले जानकारी दिनुभयो । 
कृषक समूह, सहकारी संस्था वा व्यक्ति (कृषक)मार्फत सञ्चालन हुन लागेको धानखेतीका लागि कृषि विकास कार्यालयले माटो परीक्षण कृषि यन्त्रलगायतको प्राविधिक सहयोग गर्न लागेको छ । खेती गरिने क्षेत्रमा ‘कष्टम हाइरिङ सेन्टर‘को व्यवस्थासमेत गर्न लागिएको छ । 
हाइरिङ सेन्टरबाट सम्बन्धित किसानले धान काट्ने, दाइँ गर्ने, गोडमेल गर्ने, खनजोत गर्नेलगायतका कामका लागि कृषि यन्त्रको सुविधा पाउने बताइएको छ । यसै माछापालनका लागि छनोटमा परेका किसानसँग हाल सम्झौता गर्ने कार्य भइरहेको छ । 
कार्यक्रमअन्तर्गत एक हेक्टर बराबरको जग्गा खनेर ताल बनाउने किसानलाई रु तीन लाखसम्मको अनुदान दिन लागिएको छ । माछापालन कार्यक्रमबाट करिब ४१ कृषक परिवार समेटिन लागेका छन् । ब्लकका रूपमा सञ्चालन हुन लागेको धानखेती र माछापालन कार्यक्रम कार्यान्वयनका लागि चालु आवमा रु छ करोड ४० लाख बजेट विनियोजन गरिएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार