News & Events»
गर्मीका कारण बिरामीको चापमा वृद्धि

 धनगढी २६ बैशाख, अत्यधिक गर्मीका कारण कैलालीको सेती अञ्चल अस्पताललगायतका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ ।

 
गर्मीका कारण विशेष गरी भाइरल ज्वरो सङ्क्रमित बिरामीको सङ्ख्या निक्कै बढेको सेती अञ्चल अस्पतालले जनाएको छ । दूषित पानी तथा प्रदूषणका कारण झाडापखाला, विषमज्वरो, कमलपित्त, भाइरललगायतका समस्या भएका बिरामीको संख्या दिनहुँ बढ्ने गरेको सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले जानकारी दिनुभएको छ । उहाँले हाल दैनिक एकसय जनासम्म बिरामी उपचारका लागि अञ्चल अस्पताल आउने गरेको समेत बताउनुभएको छ । 
अत्यधिक गर्मीसँगै सुक्खा पनि बढ्ने गरेकाले जहाँतहीँ धुलोधुवाँ मात्रा बढ्ने र पानीमा समेत त्यस्तो प्रदूषण मिसिने हुँदा सजिलै मौसमी रोग लाग्ने गरेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।
 
गर्मीका कारण मानिसमा भाइरल ज्वरो, विषमज्वरो, कमलपित्त, झाडापखाला लगायतका रोग बढी मात्रामा देखा पर्ने भएकाले यस्ता रोगबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुका साथै उमालेको तथा क्लोरिन हालेको पानी मात्र पिउने र घरबाहिर जाँदा मास्कको प्रयोग गरिनु पर्नेमा इमर्जेन्सी वार्ड प्रमुख बोहराले सुझाव दिनुभएको छ ।
स्वास्थ्यकर्मीले मौसमी रोगबाट बच्न पिउने पानीको स्रोत नै सफा र शुद्ध हुनुपर्नेमा जोड दिएका छन् । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार