News & Events»
धानवाली सम्बन्धि अन्र्तक्रिया टीकापुरमा

 टीकापुर २७ बैशाख, धानवाली सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम टीकापुरमा सम्पन्न भएको छ । अन्र्तक्रिया कार्यक्रममा रानीजमरा कुलरीया सिचाई आयोजना क्षेत्रका कृषक समन्वय समितिका पदाधिकारी, कृषी सहकारी संस्थाका प्रतिनिधी, सिनेट नेपालका प्रतिनिधी, धानखेति कृषक समुहका प्रतिनिधि, जलउपभोक्ता समुहका पदाधिकारी, मुल कुला समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

अन्र्तक्रिया कार्यक्रममा धानखेतिलाई कसरी व्यवसायमुखी बनाउने भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा सहजकर्ता अन्र्तराष्ट्रिय धानवाली अनुसन्धान केन्द्र सिसा परियोजनाका वाली विज्ञ डाक्टर कृष्ण देवकोटाले धानको जात छनोटले मात्र २८ प्रतिसत उत्पादन बढाउन सकिने जानकारी गराउनु भयो । उहाले मलखादले २८, झारपात नियन्त्रणले २१, धान खेति लगाउने तरीकाले १४ र स्वास्थ वेर्नाबाट ७ प्रतिसत उत्पादन बढ्ने जानकारी दिनुभयो । 
अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले विभिन्न कीसमका जिज्ञासा राखेका थिए । जिज्ञासाहरुको जवाफ सिनेट नेपालका क्षेत्रिय कोर्डीनेटर लोकेन्द्र खड्का, रानीजमरा कुलरीया सिचाई आयोजना कृषी तर्फका कोर्डीनेटर कुलप्रसाद तिवारी र अन्र्तराष्ट्रिय धानवाली अनुसन्धान केन्द्र सिसा परियोजनाका वाली विज्ञ डाक्टर कृष्ण देवकोटाले दिनु भएको थियो । 
कार्यक्रम रानीजमरा कुलरीया सिचाई आयोजना कार्यान्वयन ईकाई टीकापुरको आयोजनमा भएको हो ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार