News & Events»
जानकी गाउ“पालिकामा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

 टीकापुर २७ बैशाख, जानकी गाउ“पालिकाको दुर्गौलीमा नेकपा एमालेको अगुवा कार्यकर्ताहरुको भेला  सम्पन्न भएको छ । भेलाले दशरथ डगौरा थारुको संयोजकत्वमा १९ सदस्यीय नेपाल लोकतान्त्रिक थारु संघ गठन गरेको छ । जसको उपाध्यक्षमा हिरांिसंह डगौरा थारु, सचिवमा बन्सीराम चौधरी, सहसचिवमा मोतीलाल चौधरी, कोषाध्यक्षमा कलावति चौधरी लगाएतका सदस्यहरु रहनु भएको छ । 

गाउ“पालिका संगठन कमिटि संयोजक जन्मराज काफ्लेको  अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले कन्द्रिय सदस्य मेटमणी चौधरी रहनु भएको थियो, भने विशिष्ट अतिथि केन्द्रीय संघीय मामिला विभाग केन्द्रीय सदस्य रामप्रसाद चौधरी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख  अतिथि चौधरीले जातियताको नाराको पछी  नलागी पार्टीको राम्रो कामहरुको प्रचाारप्रसार गर्दै पार्टीलाई जीताउन चुनावमा लाग्न आग्रह गर्नु भयो । 
कार्यक्रममा प्रदेश नं. ७ का प्रदेश सदस्य भोजराज शर्मा, कृर्षी तथा भूमीसुधार विभाग सदस्य टेक बहादुर बम, जिल्ला सचिवालय सदस्य  केवालाल चौधरी, उत्पिडीत जातिय मुक्ति समाजका क्षेत्रीय सदस्य रामबहादुर विक लगायतले बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन गाउ“पालिका संगठन कमिटि सचिव बप्पल रावतले गर्नु भएको थियो ।
यस्तै जानकी गाउ“पालिकाको वडा नं. ३  भगतपुरमा पनि नेकपा एमालेको टोल भेला सम्पन्न भएको छ । भेलाले धन बहादुर साउदको  संयोजकत्वमा १० सदस्यीय निर्वाचन परिचालन उपकमिटि गठन गरिएको छ । 
 धन बहादुर साउदको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्षेत्रीय अध्यक्ष तीर्थराज उपाध्याय, जानकी गाउ“पालिका संगठन कमिटि संंयोजक जन्मराज काफ्ले, जानकी गाउ“पालिकाका अध्यक्षका उमेद्वार जगतबहादुर चौधरी, उपाध्यक्षका उमेद्वार गंगा थापा, वडा अध्यक्षका उमेद्वार विपिन शाह,  लाल बहादुर थापा लगायतले  बोल्नु भएको थियो । नवराज भण्डारीको स्वागत संगै सुरु भएको कार्यक्रम सञ्चालन नरेश खनालले गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार