News & Events»
धनगढीका दुई स्थानमा भेटिएका प्रेसर कुकर बम सेनाद्वारा निस्क्रिय, डोटीको शिखर नगरपालिका स्थित ग

 धनगढी ३० बैशाख, धनगढीका दुई स्थानमा शनिबार बिहानै प्रेसर कुकर बम फेला परेको छ । धनगढीको मुख्य चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने मनहेरा सडकमा बम फेला परेको हो । बम भेटिएपछि इन्जिनीयरिङ गुल्म बोराडाडीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले दुबै स्थानमा राखिएको बम निस्क्रय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो । बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको बताइएको छ ।

धनगढिको चौराहामा प्रेसर कुकरमा खतरा लेखेको अबस्थामा बम भेटिएको थियो भने मनेहरामा बोरा भित्र प्रेसर कुकर बम भेटिएको थियो । बम भेटिएका दुवै ठाउँमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै केही बेर यातायात बन्द गरेको थियो । सडक खाली गराएर बम निस्क्रय पारेपछि अहिले सडकमा सवारी साधनहरु गुड्न थालेका छन् ।
उता, नेत्र विक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताहरुले शनिबार बिहानै डोटीको शिखर नगरपालिका ८, गोल्मागाडमा मिनि ट्रकमा आगजनी गरेका छन् ।
नेपालगंजबाट अछामको साफेबगर समान लिएर जादै गरेको भे १ ख ११५१ नम्बरको मिनि ट्रकमा विप्लवका कार्यकर्ताहरुले आगजनी गरेका हुन । आगजनीबाट ट्रक पुर्णरुपमा नष्ट भएको तिलताली प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक लोकेन्द्र मल्लले जानकारी दिएका छन् ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार