News & Events»
ओखरपुरमा नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन

 टीकापुर ०१ जेठ, जानकी गाउपालिका वार्ड नं. ७ ओखरपुरमा नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन भएको छ । वाड संयोजक कृष्ण आचार्यको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा प्रमुख अथिति नेकपा एमाले  प्रदेश नं.७ प्रदेश संगठन सदस्य भोजराज शर्मा रहनु भएको थियो ।

 कार्यक्रममा नेकपा एमाले जानकी गाउपालिकाका अध्यक्षका उम्मेदवार जगत बहादुर चौधरी, गिरधारी लाल महतौं, कमल बि.क. भागेश्वरी महतौं, नेकपा एमाले वडा नं. ७ का वडा अध्यक्षका उम्मेदवार उत्तमचन्द्र चौधरी, वडा नं. ४ का वडा अध्यक्षका उम्मेदवार बिर बहादुर चौधरी, वडा नं. ७ का वडा सदस्यका उम्मेदवार बन्सीराम चौधरी, वडा नं. ७ का महिला सदस्यका उम्मेदवार कौशिला चौधरी लगायतले मन्तव्य राख्नु भएको थियो । 
जानकी चौधरीले स्वागत गरेको कार्यक्रम संचालन  जानकी गाउपालिका नेकपा एमाले सचिवालय कमिटी सचिब बप्पल रावतले संचालन गर्नु भएको थियो । 
यस्तै वडा नम्बर ५ पथरैयामा निलम रावतको संयोजकत्वमा १५ सदस्यि निर्वाचन प्रचारप्रसार उप समिति चयन गरीएको छ । श्यामलाल चौधरीको अध्यक्षतामा भएको समिति गठन कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर ७ का भूमिसुधार तथा कृषी विभाग सदस्य टेकबहादुर बम प्रमुख अथिति रहनु भएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार