News & Events»
टीकापुर घटनाका आगजनी पीडितको क्षतिपुर्तिको वितरणमा सहजताको लागि पहल गर्नुपर्ने सरोकारवालाको

 टीकापुर ०४ जेठ, टीकापुर घटनाको आगजनी पिडितलाई सरकारले उपलब्ध गराउने क्षतिपुर्तिको नियर्ण कार्यान्वयनको लागि सबैको पहल र दबाब आवश्यक  रहेको  एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । टीकापुरमा सम्वाद समुह टीकापुरको आयोजनामा पिडित सहितको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले आगजनी पिडितको लागि सरकारले दिने क्षतिपुर्तिलाई सहज रुपमा प्राप्त गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । 

कार्यक्रममा नेपाली काग्रेसका क्षेत्रिय सभापति भुवनेश्वर अधिकारीले सरकारले क्षतिपुर्ति दिने निश्चित रहेको बताउदै टीकापुरको घटनाको कारण खोज्दै जादा दोष नमेटिने बताउनुभयो । उहाले सद्भावको लागि जातियताको नारा लगाउनु गलत रहेको हुनाले पिडितको क्षतिपुर्तिको  लागि राजनितिकरण समेत गर्न नहुने बताउनुभयो ।
नवराज रावलले समाजको ठुला कुरा गर्ने व्यक्ति पहल गर्ने स्थानमा नआउने भएकाले समाज बिगार्ने तत्वको पहिचान गर्न आवश्यक रहेको बताउनुभयो । उहाले यहाँका जनप्रतिनिधिले पहल समन्वय नगरेका बताउनुभयो । सधै सत्य, साँचो समाजको लागि कार्य गर्नुपर्ने बताउदै सम्बाद समुह त्रास मेट्न मात्र गठन नभएको भन्दै पहल, समन्यवकारी भुमिका खेल्ने गरेको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका भैरव रावलले जातियताको खेती गर्ने परिपाटीले समुदाय र व्यक्तिलाई निरुत्साहित गर्ने भएकाले टीकापुर घटनाको प्रतिशोधको भावना राख्न नहुने  बताउनु भयो । छिमेकीको भावनाले सहयोग गरे सद्भाव कायम रहने हुनाले  इमान्दारिता मानवियताले सहयोग  गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा पिडित शिव नारायण चौधरीले क्षतिपुर्ति सँगै राजबन्दीलाई रिहाइको लागि पहल गर्नु पर्ने बताउनुभयो । 
प्रदिप चौधरीले सम्वाद समुहको निरन्तर सहकार्य र पहलले क्षतिपुर्ति उपलब्ध हुन सम्म पुगेको बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका दानबहादुर विकले कारागारका बन्दीलाई रिहाईको लागि अदालत मौन भई बन्दीलाई अन्यौलमा राखीरहने हुनाले न्यायलयले पनि स्पष्ट जवाफ दिनु पर्ने र टीकापुर घटना राजनैतिक बनाउनु पर्ने बताउनुभयो ।
केवालाल चौधरीले क्षतिपुर्ति दिने सरकाले गरेकोे निणर्यबाट पिडितहरु सहज रुपमा पाउनु पर्ने बताउनु भयो । तर क्षतिपुर्तिको निणर्य उल्टाउने, आफनो पोल्टामा पार्ने कार्य हुन सक्ने भएकाले प्राप्त गर्ने प्रक्रिया र राजबन्दी रिहाइ लगाएतको बारेमा जानकारी राखि रहनुपर्ने बताउनु भयो । यसको साथै स्थानिय चुनावमा पनि सजकता अपनाउनु पर्ने बताउनुभयो ।  
कार्यक्रममा टेकबहादुर सार्की, गोपाल चौधरी, सुदश्नी चौधरी, हेमा चौधरी, ललिता शाही लगाएतले टीकापुर घटना, क्षतिपुर्तिको बारेमा बोलेका थिए । सम्बाद समुहका सदस्य भुवनेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सहजीकरण सम्वाद समुह टीकापुरका संयोजक गणेश चौधरीले गर्नु भएको थियो । सरकारको मन्त्रिपरिषदले टीकापुर घटनाका  आगजनी पिडितलाई १५ करोड दिने निणर्य गरेको छ ।  
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार