News & Events»
महेन्द्र शिशुमा जुनियर रेडक्रस र वालक्लव गठन

 टीकापुर ०४ जेठ, महेन्द्र शिशु माध्यमिक विद्यालय जानकीगाउपालिका वडा नं. ६ धर्मापुरमा आज जुनियर रेडक्रस र बाल क्लब गठन भएको छ । जुनियर रेडक्रसको अध्यक्षमा बिनोद चौधरी, उपाध्यक्षमा सुमित्रा बि.क., सचिवमा प्रविण भुल, उप–सचिवमा मोहन चौधरी र कोषाध्यक्ष मा निशा भुल रहनु भएको छ ।

जुनियर रेडक्रसको संरक्षकमा विद्यालयका प्रधानाध्यापक टेकवहादुर सार्की रहनु
भएको छ भने शिक्षक नायकमा रामनारायण चौधरी र सह शिक्षक नायकमा कल्पना
चौधरी रहनु भएको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मण चौधरी, कबिता परियार, मदन परियार, जयन्ती साउद, प्रमिला चौधरी र झरना बि.क. रहेका छन् ।
यसैगरि बाल क्लवको अध्यक्षमा गीता चौधरी, उपाध्यक्षमा कल्पना परियार, सचिवमा आशिष बि.क., उप–सचिवमा अबिन शाही र कोषाध्यक्षमा ममता चौधरी रहनु भएको छ । सदस्यहरुमा स्वस्तिका चौधरी, महेश बि.क., ललित चौधरी, सञ्जय बि.क., सोनम
चौधरी र प्रेरणा सोडारी रहनु भएको छ । बाल क्लवको संरक्षकमा विद्यालयका प्रधानाध्यापक टेकवहादुर सार्की रहनु भएको छ भने शिक्षक नायकमा रोगाहीलाल चौधरी र सह शिक्षक नायकमा मीना बम रहनु भएको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • देउडा भाका(फोन इन)11:15 am- 12:00 pm
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार