News & Events»
टीकापुर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

 टीकापुर ३० असार, 

टीकापुरनगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले  टीकापुर विकासको लागि कुनै एक पार्टी विशेषको घोषणा पत्र कार्यान्वयन नगर्ने बताउनु भएको छ । टीकापुर नगरपालिकाको  आर्थिक वर्ष २०७३÷०७४ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कायक्रममा उहाले टीकापुरको  विकास गुरु योजना अनुसार नभएको भन्दै सबैको  मागलाई सम्बोधन हुने र चाहना, भावना अनुसार टीकापुरको विकास गर्ने बताउनु भयो।
उहाले लम्की खक्रौला रोडमा गरिएको ग्राभेलको कार्यलाई व्यवस्थित गर्ने कार्य शुरु भएको बताउनु भयो । जनताको चाहना प्रति सचेत रहदै टीकापुर नगरपालिका र रानीजमरा कुलरिया सिचाई आयोजनाको कार्य एउटै प्रकृतिको रहेकोले टीकापुरको विकासको लागि कार्ययोजना बनाउनु पर्ने बताउनु  भयो 
 
 सार्वजनिक सुनुवाई  कार्यक्रममा टीकापुर नगरपालिकको सेवा प्रवाह,विकास निमार्ण कार्य प्रति जिज्ञासा सम्बन्धि सहभागिले लिखित तथा मौखिक प्रश्न, जिज्ञासा, सुझाव राखेका थिए  । कार्यक्रममा  टीकापुर बहुमुखी क्याम्पस प्रमुख केशर कुवरले नगरपालिकाको सेवा प्रवाह, कार्यको प्रतिवेदन  एकिकृत गरि निष्कर्ष सहित आउनु पर्ने बताउनु भयो ।
 शंकर न्यौपानेले टीकापुर नगरपालिकामा घरनक्सा पास किन रोकियो भनेर प्रश्न गर्नु भयो।
   रामकृष्ण चौधरीले टीकापुरको हवाई मैदान र बसपार्क व्यवस्थापन गर्नु सुझावदिनु भयो ।
  चित्र राजीले नमुना गाउँ ज्योति नगर  नाममा सिमित बनेको गुनासो गर्नु भयो ।
 सार्वजनिक 
कार्यक्रममा आर्थिक वर्ष २०७३÷०७४ को  नगरपालिकाको आन्तरिक आय  २ करोड   ८६ लाख ६३ हजार  ३ सय ३७ र २१ करोड ४१ लाख ८९ हजार ५ सय ९७ रुपैया रहेको छ भने   चालु र पुँजीगत गरि  २२ करोड २५ लाख ३३ हजार ८ सय ९० रुपैया  खर्च रहेको छ  भने  ३ लाख ५ हजार ५ सय ६० रुपैया पेश्की फर्छौट बाँकी सहित  २४ करोड २८ लाख ५२ हजार ९ सय ७० रुपैया  बराबरको आयव्वय विवरण प्रस्तुत गरिएको छ  ।       
 नगरपालिकका कार्यकारी अधिकृत बाला राम शर्माले स्वागत गर्नुभएको कार्यक्रममा शाखागतरुपमा शहरी विकासतथा योजना शाखाका नवराजजोशी, सामाजिक शाखाका देवी राम आचार्य,   लेखा शाखाका नरेन्द्र संज्याल,घर नक्सा नम्बरिङ्गशाखाका नविन ओझाले  प्रतिवेदन प्रस्तुत गरिएका थिए  । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साझा बोली पुनः प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • मन भित्तरके मन4:15 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार