News & Events»
कैलालीको धनगढीमा रगत अभाव

 धनगढी ३१ असार,

कैलालीको धनगढीमा रगतको अभाव भएको छ । यहाँ रहेको एकमात्र रक्त संचार केन्द्रमा सबैजसो समूहको रगतको अभाव देखिएको हो । रगतको अभाव भएपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको छ । नेपाल रेडक्रस सोसाईटीद्धारा संचालित रक्त संचार केन्द्रमा ‘एबी पोजेटिभ’ बाहेक सबै ग्रुपको रगत अभाव भएको केन्द्रका प्राविधिक मञ्जुराम चौधरीले बताउनुभयो ।
 करिब एक सातादेखि रगतको अभाव देखिएको उहाँले बताउनुभयो । रक्त संचार केन्द्रमा रगत अभाव भएपछि रगत आवश्यक भएका बिरामीका आफन्तले रक्तदाता खोजेर रगतको जोहो गर्ने गरेका छन् । बिरामीका आफन्तबाट र रक्तदाता खोजेर रगत दिने गरिएको प्राविधिक चौधरीले बताउनुभयो । रगत नपाएपछि खासगरी पहाडी जिल्लाबाट आउने बिरामी र तिनका आफन्त समस्यामा परेका छन् । दैनिक २०–२५ जनासम्म रगत लिन आउने गरेका रक्त संचार केन्द्रले जनाएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • भन्छिन आमा (डोटेली भाषा)5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • नया नेपाल8:00 pm- 8:20 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार