News & Events»
मुक्ति दिवस सम्पन्न

 टीकापुर ०२ साउन, 

जानकी गाउँपालिका वडा नं. ३ कैलाशनगरमा  मुक्त कमैयाले १७ औ कमैया मुक्ति दिवस मनाएका छन् ।  कैलाशनगरका ललता प्रसाद चौधरीको अध्यक्षतामा भएको मुक्ति दिवस कार्यक्रममका प्रमुख अतिथी जानकी गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रदिप कुमार शाह रहनु भएको थियो ।  
प्रमुख अतिथी शाहले जनप्रतिनिधि नहुदा कमैयाको व्यवस्थापन र विकासमा समस्या परेको बताउदै अव आफुले विकासको शूरुवात कमैया बस्तीबाटै गर्ने बताउनुभयो । उहाँले अहिले पनि कमैया व्यवस्थापनको नाममा विभिन्न दलालहरु मोटो रकम असुलीमा  लागि परेको भन्दै  कमैयाहरु सजक रहनु पर्ने बताउनु भयो 
  कार्यक्रमका विशिष्ट अतिथी जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार  चौधरीले  कमैयाहरुको बस्ती विस्तार भए पनि अहिलेसम्म गास बास कपासको व्यवस्था हुन नसकेको बताउनु भयो । मुक्त कमैयाको व्यवस्थापन, हक अधिकारको लागि अव  फुटेर हैन जुटेर अगाडी बढ्नु पर्ने उहाले  बताउनु भयो । 
उपाध्यक्ष उमा महतोले  कमैयाहरुको  समस्या समाधानको लागि वडा हुदै  गाउपालिकासम्म जानु पर्ने र यसको लागि कमैयाहरुले अग्रणी, नेतृत्वदायी भुमिका खेल्नु पर्ने बताउनु भयो ।
  मुक्त कमैया समाजका केन्द्रिय सदस्य बालकुमारी चौधरीले अहिलेसम्म पनि कमैयाहरुले आधारभुत सेवा सुविधा नपाएको भए पनि मुक्ति दिवस मनाएर समस्याको समाधान खोज्ने गरेको बताउनु भयो 
कार्यक्रममा  सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • निर्वाचन विशेष08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • भन्छिन आमा (डोटेली भाषा)5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • नया नेपाल8:00 pm- 8:20 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार