News & Events»
जडीवुटी दिवस २०७४ टीकापुरमा पनि मनाईयो, जडीवुटी नेपालीको आयआर्जनको स्रोत भएको नगरप्रमुख तपेन्

 टीकापुर २० साउन, 

टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले जडीवुटी नेपालका लागि आय आर्जनको स्रोत भएको बताउनु भएको छ । पतञ्जली योग नगर समिति टीकापुरले जडीवुटी दिवस २०७४ को अवसरमा आज टीकापुरमा गरेको कार्यक्रममा उहाले हामी विविधताको धनी भएको बताउदै त्यसको सही सदुपयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख केशरी विष्टले आफ्नो जिवनलाई सार्थक वनाउनका लागि आफैले आफूलाई चिन्न आवश्यक रहेको बताउनु भयो ।
पतञ्जली योग नगर समिति टीकापुरका अध्यक्ष वासुदेव वजगाईको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्य, पृथ्वी रावल, रामवावु प्रसाद यादव, टीकाराम आर्य, नारायण तिमिल्सीना लगायतले बोल्नु भएको थियो । 
उपाध्यक्ष शेरबहादुर विकले स्वागत गर्नु भएको कार्यक्रमलाई महामन्त्रि छपिलाल जैशिले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधीहरुलाई सम्मान समेत गरीएको थियो भने अस्पताल परिसरमा वृक्षा रोपण पनि गरीएको थियो ।
वृक्षारोपणका लागि करुणा नर्सरीले ५० ओटा वेल, १० ओटा जामुन र १ श्रृखण्ड गरीए ६१ ओटा विरुवा उपलब्ध गराएको पतञ्जली योग नगर समितिका अध्यक्ष वासुदेव वजगाईले जानकारी दिनु भयो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार