News & Events»
नमूना नेपाल अभियानका क्रममा टीकापुर बजारमा सरसफाई, नगरको कुनै एक क्षेत्रलाई प्लाष्टिक मुक्त क्

नमूना नेपाल अभियानका क्रममा टीकापुर बजारमा सरसफाई गरिएको छ  । बैंक अफ काठमाण्डू लिमिटेडले सामाजिक उत्तरदायित्व निभाउने उद्देश्यका साथ नमुना नेपाल अभियानका अभियन्ता तथा धुर्मुस सुन्तली फाउन्डेसनले गरेका सबै विकासका कार्य र सरकारलाई सघाउन  र  नमुना नेपाल निमार्णको लागि सहयोगको अपिल स्वरुप टीकापुर बजारमा सरसफाई गरेको  हो । 
     सरसफाई कार्यक्रममा नयां नेपाल अभियानका अभियन्ता र धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सरसफाइ मनबाटै आउनु पर्ने, यसको लागि ह्रदय देखि नै सफा रहनुपर्ने र सकरात्मक सोचको विकास गर्र्दै छिट्टै पुर्ण सरसफाई देश बनाउनु पर्ने बताउनु भयोे । 

     उहाँले टीकापुर नगर देशको नमुनाको व्यवस्थित सर्वोकृष्ट सहर भएकाले अन्य क्षेत्रले टीकापुरको सरसफाइको अनुशरण  गर्नको लागि सरसफाइ गर्नु पर्ने बताउनुभयो ।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले आफैबाट शहर सफा स्वच्छ सरसफाइको जिम्मेवारी लिएर सरसफाइ गर्न सके मात्र सरसफाइले पुर्णता पाउने बताउनुभयो । उहाले अवको टीकापुरको नगर भेलाबाट नगरको कुनै एक क्षेत्रलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउने बताउनुभयो  ।

     सरसफाइ पश्चात सुरविर पण्डित दाह्री बा, र पल्पसा डंगोल चम्सुरीले मनोरञ्जनको साथै बैङ्क आफ काठमाण्डुको महिला, किसान वचतको बारेमा  जानकारी दिनु भएको थयो ।
सरसफाइ कार्यक्रममा स्थानिय जनप्रतिनिधी विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानियको सहभागिता रहेको थियो  ।
 

ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • भन्छिन आमा – नेपाली5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार