News & Events»
टीकापुरमा गुडीमुन्टी गाईजात्रा मनाइयो, विकृति र विसंगतिलाई सच्चाउन गाईजात्रा कार्यक्रम सहयोग

गाइजात्रा पर्वको अवसरमा टीकापुरको भानु चोकमा गुडीमुन्टे गाईजात्रा मनाईएको छ । टीकापुरको विकृति विसंगतिलाई व्यङग्यात्मक रुपमा प्रस्ततु गरि सम्बन्धित निकाय र व्यक्तिको ध्यानाकर्षण गर्न उद्देश्यले गुडीमुन्टे गाईजात्रामा विभिन्न प्रस्तुती प्रस्तुत गरिएका थिए ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सवको रुपमा ‘गाईजात्रा’मनाउने चलन छ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ आफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्यदान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिगाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहँदै आएको छ । गाईजात्रा पर्वले राजनैतिक र साँस्कृति विकृतीको कुरालाई व्यङग्यात्मक रुपमा प्रस्तुत गरि विकृति विसंगितीलाई सच्याउनमा सहयोग मिल्ने गुडीमुन्ते गाईजात्रा उद्घाटन कार्यक्रममा प्रमुख अतिथी तथा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले बताउनु भयो ।
  राजेन्द्र विकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गणेश साँउद, नेपाली काग्रेसका धनराज उपाध्याय, पत्रकार गणेश चौधरीले स्वागत मन्तव्य दिनु भएको थियो । फोर स्टार क्लवको आयोजनामा भएको कार्यक्रममा विभिन्न विद्याका व्यग्यात्मक प्रस्तुती प्रर्दशन गरिएको  थियो ।

ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • भन्छिन आमा – नेपाली5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार