News & Events»
जग्गाको न्यून मूल्यांकन रोक्न सरकारले विभिन्न क्षेत्रको जग्गाको मूल्यांकन बढायो, सुदूरपश्चिम

ग्गाको न्यून मूल्यांकन रोक्न सरकारले विभिन्न क्षेत्रको जग्गाको मूल्यांकन बढाएको छ ।
जग्गामा हुने राजस्व छली रोक्न सरकारले मूल्यांकन बढाएको हो। चालु आर्थिक वर्षमा मुलुकका विभिन्न स्थानको जग्गाको मूल्यांकन बढिसकेका छन्।सुदुरपश्चिममा समेत जग्गाको मूल्यांकन २५ प्रतिशतसम्म बढाइएको छ।सुदुरपश्चिमको केन्द्रमा रहेको कैलालीको मूल्यांकन सबैभन्दा बढी २५ प्रतिशत बढाइएको छ । सुदुरपश्चिममा सबैभन्दा महँगो जग्गा कैलालीकै बनेको छ।कैलालीमा सरकारी मूल्यांकनकै आधारमा कठ्ठाको ९५ लाख रुपैयाँ पुगेको छ ।
कैलालीमा जग्गाको कारोबार धेरै भएका र शहरी पूर्वाधारहरु तयार भएको ठाउँमा २५ प्रतिशतसम्मले मूल्याङ्कन बढाएको कैलाली मालपोत कार्यालय धनगढीका प्रमुख मालपोत अधिकृत बिसनसिंह थापाले बताए ।
प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीमा २५ प्रतिशतले जग्गाको मूल्याङ्कन बढाईएको छ। थापाले भने( ‘धनगढी बाहेक अत्तरिया र घोडाघोडी नगरपालिकामा पनि २५ प्रतिशतले मूल्याङ्कन बढाईएको छ । धनगढी उपमहानगरपालिकामा जग्गाको सरकारी मूल्य प्रति कठ्ठा ८५ लाख रुपैयाँ पुगेको छ। गतवर्ष सम्म धनगढीको जग्गाको सर्वा्धिक मूल्य ७१ लाख रुपैयाँ प्रतिकठ्ठा थियो। धनगढी मूलसडकमा २० प्रतिशत सम्म मूल्य बढे पनि भित्री सडकहरुमा २५ प्रतिशत मूल्यबृद्धि भएको थापाले बताए।
महेन्द्र राजमार्ग र महाकाली राजमार्ग एकअर्कामा काटिएको अत्तरियामा धनगढी भन्दा महँगो मूल्यांकन गरिएको छ। अत्तरियामा प्रतिकठ्ठा ९५ लाख रुपैयाँ सम्म मूल्यांकन गरिएको छ। घोडाघोडी नगरपालिकामा प्रति कठ्ठा ५० लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ। यस्तै लम्कीचुहा नगरपालिकामा राजमार्गसँग जोडिएका जग्गा ५५ लाख रुपैयाँ प्रतिकठ्ठा मूल्यांकन गरिएको छ। टीकापुर नगरपालिकाभित्र भने प्रतिकठ्ठा ४० लाख रुपैयाँ मात्रै मूल्यांकन गरिएको छ।
खेतीयोग्य जमिन पनि कैलालीमा महंगिएको छ। धनगढी नगरपालिका भित्र बाटो नभएका जमिनको मूल्य प्रतिकठ्ठा तीन लाख रुपैयाँसम्म कायम गरिएको छ। अन्यत्र पनि धेरै जसो ठाउँमा एक लाख देखि डेढ लाख रुपैयाँसम्म बाटो नभएका जमिनको मूल्यांकन गरिएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएका जग्गाहरुको न्युनतम १५ लाख रुपैयाँदेखि ९५ लाख रुपैयाँ सम्म मूल्यांकन गरिएको छ । हुलाकी राजमार्गमा पनि प्रतिकठ्ठा १० लाख रुपैयाँ देखि २२ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ ।
 

ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • भन्छिन आमा – नेपाली5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार