News & Events»
टीकापुर सिटी बसपार्क व्यवस्थित नभएको भन्दै बस व्यवशायीद्वारा पार्किङ बहिष्कार, आज विहान दुई घण

हालै सञ्चालनमा आएको टीकापुर नगरपालिकास्थित सिटी बसपार्क व्यवस्थित नभएको भन्दै बस व्यवशायीहरुले पार्किङ बहिष्कार गरेका छन । उनीहरुले शनिवार दुई घण्टा यातायात सेवा अवरुद्ध गरी विरोध जनाएका छन ।
उनीहरुले शनिवार पत्रकार सम्मेलन गरी चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । व्यवशायीहरुले सिटी बसपार्क व्यवस्थित गर्न नगरपालिकासँग माग गरेका छन् । सिटी बसपार्कमा बस पार्किङ गर्दा भासिने, यात्रु प्रतिक्षालयको अभाव लगायतका समस्या रहेको बस व्यवशायीहरुले बताएका छन् ।
यसअघि अस्पताल रोड नजिकैको खडक चोकमा बस पार्किङ हुँदै आएका थियो । खडक चोकमा बस पार्किङ गर्दा सवारी साधन सञ्चालनमा समस्या आउनुका साथै सर्वसाधारणको हिँडडुलमा समेत कठिनाई भैरहेको थियो ।
सडक किनारमै बस पार्किङ गर्दा समस्या भएको ब्यापक जनगुनासो भएपछि खडक चोकको सट्टा सिटी बसपार्कमा पार्किङ गर्ने सहमति भएको थियो । यही साउन १४ गते भएको सहमति अनुसार १५ गतेदेखी सिटी बसपार्क सञ्चालनमा आएको थियो । यातायात व्यवशायी, नगरपालिका, ट्राफिक प्रहरी र राजनैतिक दलहरुबीच खडक चोकमा पार्किङ नगर्ने सहमति भएको थियो ।
तर सहमति विपरित यातायात व्यवशायीहरुले बसपार्क व्यवस्थित नभएको भन्दै खडक चोकमै पार्किङको व्यवस्था गर्न पाउनुपर्ने माग अघि सारेका छन । उनीहरु आफैले गरेको सहमति विपरित माग अघि सारेर विरोधमा उत्रिएका छन ।
टीकापुरबाट सुदूरपश्चिम यातायात र कर्णाली रिभर यातायातका दिवा र रात्री सेवाका बसहरु सञ्चालन हुँदै आएका छन । दुईवटै समितिका धनगढीसम्मका लागि दिवा सेवाका बस १०÷१० मिनेटको फरकमा छुट्ने गरेका छन ।
यसअघि टीकापुरको मुख्य बसपार्कबाट छुटेको बस यात्रुको प्रतिक्षामा खडक चोकमा १० मिनेट पार्किङ गरिदै आएको छ । आगामी दिनमा समेत खडक चोकमा बस पार्किङ गर्न पाउनुपर्ने कर्णाली रिभर यातायातका हिक्मत खड्काले बताउनुभयो ।
खडक चोकमा बस पार्किङ नगर्दा बजार क्षेत्रका बासिन्दाले करिव २ किलोमिटर टाढा रहेको सिटी बसपार्कसम्म जानुपर्ने वाध्यता आएको छ । यात्रुको सहजताका लागि भएपनि खडक चोकमा बस पार्किङ गर्न पाउनुपर्ने व्यवशायीहरुको माग छ । स्थानीयले भने खडक चोकमा बस पार्किङ गर्दा हिँडडुलमा समेत निकै समस्या हुने गरेको गुनासो गर्दै आएका छन् ।

ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार