News & Events»
टीकापुर उद्यँेग बाणिज्य संघको १८ औ वार्षिक साधारणसभा सम्पन्न, उद्यँेग बाणिज्य संघले उद्योगको व

 टीकापुर ०३ असोज, 

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले उद्योगहरुको विकास गर्ने काम उद्यँेग बाणिज्य संघको प्रमुख कार्य रहेको बताउनु भएको छ । टीकापुर उद्यँेग बाणिज्य संघको १८ औ वार्षिक साधारसभाको टीकापुरमा उद्घाटन गर्दै उहाले सो कुरा बताउनु भएको हो  ।
उहाले उद्योग बाणिज्य महासंघले विभिन्न दातृ निकायसंग समन्वय गर्ने कार्य गरीरहेको बताउनुभयो ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले उद्यँेगका लागि बितरण गरीएका जग्गा प्लानिङ्ग गरेर बेच्न पाउ भनि नगरपालिकामा आउदा आफुलाई दुःख लागेको बताउनुभयो । उहाले टीकापुर नगर विकास समिति टीकापुर नगरपालिकाको मातहतमा आएपछि त्यस्ता जग्गाहरुको खोजिनिति गरीने बताउनुभयो ।
प्रमुख रावलले यो क्षेत्रका व्यापारीहरुको समस्या के हो त्यसको समाधान खोजीनु पर्ने र त्यसमा स्थानिय सरकारको हिसावले नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
उहाले विकासका लागि आफु पहिले रुपान्तरण हुनुपर्ने बताउदै टीकापुरको व्यापारमा ढुकुटीले ठूलो घाटा लगाएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै व्यापारी वखतबहादुर विष्टले टीकापुरमा उद्योग स्थापनाका लागि टीकापुर उद्यँेग बाणिज्य संघले पहल गर्नुपर्ने बताउनुभयो ।
टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष परशुराम चपाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कैलाली उद्यँेग बाणिज्य संघका अध्यक्ष शंकर वोगटी, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, नेकपा माओवादीका नगर सचिव तथा वडा नम्बर ८ का अध्यक्ष दिर्घबहादुर ठकुल्ला, टीकापुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष गोकर्णप्रसाद रिमाल, लम्की चुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदमप्रसाद चौलागाई, टीकापुर उद्यँेग बाणिज्य संघका सल्लाहकार रणबहादुर रावल, समाजसेवि यज्ञमूर्ति अर्याल, टीकापुर बहुमुखी क्याम्पसका  प्रमुख केशरबहादुर कुवरले मन्तव्य राख्नु भएको थियो । 
कार्यक्रममा खड्ग स्मृति सम्मान २०७४ व्यवसायी मिनबहादुर विष्टलाई प्रदान गरीएको छ । यस्तै क्भ्भ् २०७३ मा यो क्षेत्रबाट बढी अंक ल्याउने रञ्जना रावल, पूजा कडायत, देवराज धिताल, गौरव देवल र जेम्सन शाहलाई पुरस्कृत गरीएको थियो  भने कर्णाली मावि सत्ति, जनजागृति मावि टीकापुर, यूनाईटेड एकाडेमी र आर एमई स्कुललाई सम्मान गरीएको छ । 
वरिष्ठ उपाध्यक्ष राजेन्द्रबहादुर शाहले स्वागत गर्नु भएको कार्यक्रम सञ्चालन महासचिव रामबहादुर भण्डारीले गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार