News & Events»
नेपाल मानव धर्म सेवा समिति टीकापुरमा रक्तदान कार्यक्रम, भोलि टीकापुर अस्पतालका विरामीलाई फलफू

 टीकापुर ०३ असोज, 

नेपाल मानव धर्म सेवा समिति टीकापुरमा आज रक्तदान कार्यक्रम भएको छ । मानव धर्मका प्रणेता श्री सद्गुरु देव सतपालजी महरााजको ६७ औं जन्मोत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । सेवा समितिका महात्मा सुवर्ण वाइजीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट प्रमुख अतिथि रहनुभएको थियो । उपप्रमुख विष्टले मानव धर्म सेवा समितिले हरेक बर्ष रक्तदान, फलफूल वितरण लगायतका सामाजिक काम गर्दै आएको बताउंदै यस्ता कार्य निरन्तर गर्न जरुरी रहेको बताउनुभयो । 
कार्यक्रम ताराविक्रम रानाले संचालन गर्नुभएको थियो । सेवा समितिले आजबाट निरन्तर कार्यक्रम गर्ने भएको छ । सेवा समितिले बुधबार अस्पतालका विरामीलाई फलफूत वितरण, बिहिबार समितिको कार्यालय ब्लक नं. १२ मा सत्संग, प्रवचन कार्यक्रम गर्ने भएको छ ।
त्यस्तै, नानी होटल १४ रेष्टुरेण्ट एण्ड स्पोटर्स बारले पनि रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी टीकापुर उपशाखा रक्त सञ्चार सेवा केन्द्रका संयोजक टेकराज बिनाडीले जानकारी दिनुभयो । नानी होटल १४ रेष्टुरेण्ट एण्ड स्पोटर्स बारका प्रोपराइटर गजेन्द्र वहादुर शाहीले रगतको कमीले कुनै पनि मानिसको ज्यान नजाओस् र अस्पतालमा रगतको कमि नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले रक्तदान गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिनुभयो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाको सहकार्यमा भएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार