News & Events»
कैलाली जिल्लामा औलो रोगी फेला पर्ने दर अझै घटेन, एक सय ९९ जनामा औलोको जीवाणु

 धनगढी ०३ असोज, 

औलो रोग रोकथामका लागि विभिन्न प्रयास भइरहे पनि कैलाली जिल्लामा औलो रोगी फेला पर्ने दर भने अझै घटेको छैन । औलो रोगको जोखिम रहेको कैलाली जिल्लामा पछिल्लो एक वर्षमा १९९ जनामा औलोको जीवाणु फेला परेको छ ।
शंकास्पद रोगीको रगत परीक्षण गर्दा यी व्यक्तिमा औलोको जीवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय औलो शाखाप्रमुख उदयशंकर साहले जानकारी दिनुभयो ।  औलोको जीवाणु फेला पर्नेमध्ये अधिकांश भारतमा काम गरेर फर्किने नेपाली रहेका छन् ।
शाखाप्रमुख साहले कामको खोजीमा भारत गएर फर्किनेहरूमा यो रोगको संक्रमण बढी देखिने गरेकाले रोकथाममा समस्या भएको  बताउनुभयो । यसबाहेक जनचेतनाको अभावका कारण पनि रोकथाममा समस्या भइरहेको छ । 
कैलाली जिल्लाको धनगढी उपमहानगरसहित साविकको मालाखेती, गोदावरी, चौमाला, जोशीपुरलगायत गाविस औलोको उच्च जोखिमा रहेको जनाइएको छ ।
जनस्वास्थ्य कार्यालयको तथ्यांकमा कैलालीमा आव २०७०÷७१मा १७९ जनामा औलोका जीवाणु फेला परेकामा आव २०७१÷७२मा यो दर बढेर २५५ जनामा जीवाणु फेला परेको उल्लेख  छ ।  गत वर्ष २०७२÷७३मा कैलालीमा १९५ जनामा औलोको जीवाणु फेला परेको थियो ।
संक्रमित ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग वयस्क उमेरका व्यक्तिमा बढी देखिने गरेको छ ।  
यो रोगमा चिसो महसुस हुने, टाउको दुख्ने, ज्वरो आउने, पसिना आउनेजस्ता लक्ष्यण देखिने र  लामो समयसम्म रोगीको उपचार हुन नसके मृत्युसमेत हुने गरेपनि नेपालमा सन् २००१२ यता औलो रोगका कारण कसैको मृत्यु भएको छैन ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार