News & Events»
व्यवसायको नाममा राज्य र उपभोक्ता ठग्नेलाई कानुनी दायरामा ल्याई कारवाही गरीने आपूर्ति राज्यमन्

 टीकापुर ०८ असोज, 

आपूर्ती राज्यमन्त्री कर्णबहादुर विकले आज दोश्रो दिन पनि कैलालीको टीकापुरमा बजार अनुगमन गर्नु भएको छ  ।  मन्त्री सहितको टोलीले चन्दर मिष्ठान भण्डार, बम ब्रर्दस, धिरेन्द्र ट्रेर्डस, माया सिद्धि इम्पेक्स, पाण्डे सपिङ्ग सेन्टर, मासु पसल, छविलाल सुनचाँदी पसलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा माया सिद्धि इम्पेक्सलाई आवश्यक कागजात नभएको भन्दै रु २ हजार रुपैया जरिवाना गरिएको  छ ।  
यस्तै सहरी विकास राज्य मन्त्री छम बहादुर गुरुङले पनि टीकापुरको विभिन्न स्थानको अनुगमन गर्नु भएको छ । उहाले टीकापुरको सिटी हल, नगर विकासको हल, टीकापुर पार्क लगाएतको स्थानको अनुगमन गर्नु भएको छ । 
वाणिज्य तथा आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले व्यवसायको नाममा राज्य र उपभोक्तालाई ठग्नेलाई कानुनी दायरामा ल्याई कारवाही गर्ने बताउनु भएको छ । आज बिहान प्रेस सेन्टर नेपालले टीकापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले   बजार अनुगमन प्रतिनिधि मुलक पसलमा  गरि व्यापारी, उपभोक्तालाई सचेत गराउदै ठगी र कालो बजारी न्युनिकरणको प्रयास  भैरहेको बताउनु भयो।  
चाडपर्वको बेला बढि किनमेल हुने भएकाले अहिले बढि निगरानी राखेर अनुगमन भैरहेको र अनुगमन निरन्तर रुपमा भैरहेको बताउनु भयो । अनुगमन उपभोक्ता मात्र नभई व्यवसायीको हितमा रहेकोले अनुगमन गरि राज्यलाई सहयोग गर्नु पर्ने भन्दै आम उपभोक्ता सचेत नभएकोले व्यवसायको नाममा ठगी गर्ने परिपाटी न्यायोचित नभएकोले व्यवसायी पनि सजक भएर काम गर्नु बताउनु भयो ।
 टीकापुर बजार अनुगमन अवरोधको लागि उद्योग वाणिज्य संघले पहल रहेकोले त्यसको भत्सर्ना गर्दै  घटना गराउनेहरुको जिम्मेवारी अपरिपक्कता प्रर्दशनको संज्ञा दिदै उहाले पार्किङ्क गाडी तोडफोतको कुनै औचित्य नरहेको  भन्दै आफु अझै बढी  जिम्मेवार पूर्ण रुपमा अनुगमनमा लाग्ने बताउनु भयो । 
आपूर्ति मन्त्रालयका अधिकृत तथा अनुगमन महाशाखाका प्रमुख  गोविन्द लुइटेलले मन्त्रालयको वार्षिक कार्ययोजना अनुसार सबै क्षेत्रमा जिल्लाको संयन्त्र मार्फत अनुगमन भैरहेकोले उपभोक्तालाई ठगीमा पार्न अपराध भएकोले उपभोक्ता नभए व्यापार नै नहुने बताउनु भयो ।
प्रेस सेन्टर नेपालका जिल्ला उपाध्यक्ष छबिलाल जैशीको अध्यक्षतामा भएको कार्यक्रम संचालन सहसचिव झलनाथ खनालले गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार