News & Events»
टीकापुर बजार अनुगमनमा आपूर्ति राज्य मन्त्रीलाई अवरोध, गाडीको सीसा फोडियो, वाणिज्य संघले मर्मत ग

 टीकापुर ०७ असोज  ,

वाणिज्य तथा आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको टोलीलाई टीकापुरका व्यापारीले बजार अनुगमनमा अवरोध गरेका छन् । 
शनिबार विहान ११ बजे आपूर्ति मन्त्रालयका अधिकृत, जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य कार्यालय, साल्ट टे«डिङ कार्यालयका प्रतिनिधिले टीकापुरस्थित विष्ट आयल स्टोर, बलायर टे«डर्स र अमृत गौतम किराना पसलमा अनुगमन गरेको छ । विष्ट आयल स्टोरमा डिजल वितरण गर्ने मेशिनले मापन भन्दा बढी फालेको र पेट्रोलमा प्रतिलिटर ३० मिलिलिटर कम दिएको भेटिएको छ । विष्ट आयललाई पुरानो मेशिन फेर्न निर्देशन दिएको थियो भने पेट्रोल मेशिनलाई गुणस्तर तथा नापतौल कार्यालयका कर्मचारीले मिलाउने प्रयास गरेका थिए ।
बलायर र अमृत गौतम किराना पसलमा हेर्दा बनेको छ महिनाभित्र प्रयोग गर्न मिल्ने डाल्डा, तेल, सोयविन लगायतका सामानहरु तीन वर्ष पुराना भेटिएका र भारतीय उत्पादनका सूर्तिजन्य वस्तुहरु बिक्री गरिरहेका तर खरिद बिल नभएकाले राजश्व छलि र इजाजत विना बेचेको पाइएको आपूर्ति मन्त्रालयका अधिकृत गोविन्द लुइटेलले बताए । “धेरैजसो सामानहरु विक्री वितरण योग्य नभएकाले शिल गर्न खोजेका थियौं, व्यापारीहरुले दुव्र्यवहार गरे” अधिकृत लुईटेलले भने, “यहा“का व्यापारीबाट मन्त्रीको गाडीसम्म तोडफोड भयो, स्थानीय प्रहरी र प्रशासनले पनि सहयोग गर्न सकेन ।”
 
व्यापारीको अवरोध र वाणिज्य संघका पदाधिकारीको अनुरोधमा बजार अनुगमन छोडेर टीकापुर उद्योग वाणिज्य संघको कार्यालय पुगेका मन्त्री विक त्यहा बस्ने माहोल नभएपछि होटल सिद्धार्थमा फर्किएका थिए । त्यत्तिञ्जेल वाणिज्य संघको आव्हानमा धेरै जसो व्यापारीहरु आफ्ना पसल बन्द गरेर होटल पुगेका थिए । होटल परिसरमै मन्त्री सवार बा १ झ ९६९९ नम्बरको गाडीको सीसा फुटाएका थिए । बजार बन्द गर्न वाणिज्य संघका तर्फबाट बजारमा माइकिङ गरिएको थियो ।
मन्त्रीको सवारीमा खटिएका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले आफू संयमित भएर परिस्थितिलाई नियन्त्रणमा राखेको बताए भने कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल टीकापुर पुगेपछि तोडफोडमा संलग्न भन्दै वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र गिरी  र महासचिव रामबहादुर भण्डारीलाई केहीबेर प्रहरीले नियन्त्रणमा लिएको थियो । 
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले राज्यले जिम्मेवारी दिएर पठाएका अधिकारी सुब्बा खरिदार भएपनि अनुगमनमा सहयोग गर्नुपर्नेमा उपभोक्तालाई म्यादगुजे्रका वस्तु बेच्न पाउनुपर्ने माग व्यापारीको नेतृत्वबाटै भएकामा दुःख व्यक्त गरे । उनले एकातिर भारतीय बजारबाट आयात हुने बस्तु रोक्नुपर्ने माग राख्ने अर्कातिर यहा अखाद्य वस्तु बेच्न थाल्ने व्यापारीको व्यहोरा नमिलेको बताए । नेपाल रेडक्रस सोसाइटी टीकापुरका सभापति जगदिश्वर पण्डितले आफूले दोस्रो पुस्तालाई संस्कार सिकाउन नसकेकोमा लाज महसुस भएको र यो विवादलाई मिलाउन आग्रह गरे । राज्यमन्त्री विकले स्थानीय अनुगमन संयन्त्रलाई सक्रीय बनाउने प्रयास गर्न आएको तर व्यापारीबाट उपभोक्तलाई ठग्न देऊ, राज्इलाई ठग्न पाउ भन्ने अभिव्यक्ति पाएकोमा दुःख व्यक्त गर्दै टीकापुरवासी यही चाहान्छन भने सरकारले केही गर्न नसक्ने बताए ।
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष परशु चपाईले आफूहरु अनुगमनको पक्षमा भएपनि परिस्थिति अन्यत्र गएकोमा दुःख व्यक्त गरे । मन्त्री सवार गाडीको फुटेको सीसा मर्मत गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीको शर्त टीकापुर उद्योग वाणिज्य संघले स्वीकार गरेपछि विवाद सकिएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार