News & Events»
जोशीपुर गाउपालिकाले बनायो ३८ करोड, ७० लाखको बजेट

 टीकापुर ११ असोज, 

जोशीपुर गाउपालिकाको पहिलो गाउ सभाले चालू आर्थिक वर्षको लागि ३८ करोड ७० लाख ४८ हजारको अनुमानित बजेट पारित गरेको छ । अघिल्लो वर्ष ५ करोड बजेट चलाएको गाउपालिकाले यस वर्ष झण्डै पौने ३९ करोडको बजेट बनाएको छ ।
गाउपालिकाले विनियोजन गरेको बजेट मध्ये ३ करोड चालू खर्च हुनेछ । यसै गरी सवा ३ करोड सामाजिक सुरक्षा भत्तामा खर्च हुनेछ भने सवा एक करोड सवारी साधनमा खर्च गर्ने भएको छ ।
विकास खर्च तर्फ छ करोड ३९ लाख रुपैया विषयगत क्षेत्रमा खर्च गर्ने  र २४ करोड ८७ लाख रुपैया भवन तथा संरचना निर्माणमा खर्च गरिने जोशीपुर गाउपालिकाका कार्यकारी अधिकृत धर्मानन्द भट्टले जानकारी दिनुभएको छ ।
समानुपातिका विकासका लागि हरेक वडाले एक करोड ६२ लाखभन्दा माथि रकम पाउदा ११ करोड ४४ लाख ९० हजार रुपैया सिधै वडाबाट खर्च हुनेछ । वडा नम्बर ६ मा १९ योजना, वडा नम्बर २ मा २० योजना, वडा नम्बर ४ मा २५ योजना, वडा नम्बर ५ मा २८ योजना, वडा नम्बर १ मा ३० योजना र वडा नम्बर  ३ र ७ ले ४०÷४० योजना छनोट भएका छन् ।
पौने ३९ करोड बजेट बनाएको जोशीपुर गाउपालिकाको आन्तरिक आय जम्मा २७ लाख ७२ हजार र गत वर्षको मौज्दात ५४ लाख ९४ हजार गरी जम्मा ८२ लाख ६६ हजार रुपैया रहेको छ भने बाकी सबै सरकारी अनुदानमा भर पर्नु पर्नेछ ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • भन्छिन आमा – नेपाली5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार