News & Events»
अन्तर्राष्ट्रिय बालिका दिवसमा देशभर तीनसय बालिकाद्वारा बहसमूलक कार्यक्रम संचालन

 टीकापुर २५ असोज, 

देशभरका सामुदायिक रेडियोबाट आज ३०० बालिकाले एकै साथ कार्यक्रम संचालन गरेका छन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा आयोजना गरिएको टेक ओभर कार्यक्रममार्फत किशोरीहरुले रेडियोमा सरोकारवालाहरुसँग बहस गरेका हुन्् । 
सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा म बालिका भएकाले भन्ने नाराका साथ छैठौं अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको हो । तीनसय किशोरी आज एकदिन नयाँ रेडियोकर्मीको भूमिकामा देखिएका छन् । यो नयाँ र पहिलो कार्यक्रम पनि हो । कार्यक्रममा १४ देखि १९ बर्षसम्का किशोरीको सहभागिता रहेको थियो । सामुदायिक रेडियो टीकापुर एफएमले संचालन गरेको बहसमूलक छलफल कार्यक्रममा अतिथिका रुपमा टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल, नगरपालिकाका सामाजिक विकास शाखाका देवीप्रसाद आचार्य, अधिकारकर्मी द्रोपति तिमिल्सिना लगायत रहनु भएको थियो ।  
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • भन्छिन आमा – नेपाली5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार