News & Events»
टीकापुरको बनगाउंस्थित लावाजुनी छात्राबासमा रहेका बालिकालाई लुगाकपडा धुने साबुन सोडाकै समस्य

 टीकापुर २५ असोज, 

शिक्षा सबैको अधिकार हो । पछिल्लो समय विद्यालयसम्म सबै बालबालिकाको पहुंच पु¥याउन सरकारले विभिन्न कार्यक्रम समेत गरिरहेको छ । कैलालीमा ३ प्रतिशतभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक छ । विद्यालयमा अध्ययनरत बालबालिका पनि विभिन्न कारणले अध्ययनमा समस्या झेलिरहेका छन् । टीकापुरको बनगाउंस्थित लावाजुनी छात्राबासमा छात्रा मुक्त कम्लहरीहरु बसेर अध्ययन गर्दैछन् । तर उनीहरुका विभिन्न समस्या छन् । 
टीकापुरको सरस्वती मावि बनगाउंमा रहेको लावाजुनी छात्राबासबाट अध्ययनरत प्रमिला चौधरीको हो । प्रमिला पूर्व मुक्त कम्लहरी हुनुहुन्छ । लावाजुनी छात्राबासमा बसेर प्रमिलाजस्तै ३८ किशोरी अध्ययन गरिरहेका छन् । छात्राबासमा बसिरहेका पूर्व कम्लहरी छात्राहरुलाई पकेट खर्च, लुगाकपडा धुने साबुन सोडाको समस्या हुने गरेको छ ।
बुधबार सामुदायिक रेडियो टीकापुर एफएमले म बालिका भएकीले भन्ने नाराका साथ आयोजना गरेको सामुदायिक रेडियोको नेतृत्वमा किशोरी कार्यक्रममा प्रमिलाले छात्राबासमा एउटै कोठामा ५ जना पूर्वकम्लहरी बालिका बसेर पढ्नुपर्ने वाध्यता रहेको बताउनुभयो ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बनगाउंमा छात्राबासमा बसेर पढिरहेका बालिकाको समस्या समाधानका लागि टीकापुर नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।
माध्यमिक तहको शिक्षा स्थानीय तहले हेर्ने सम्बैधानिक ब्यवस्था छ । शिक्षा निशुल्क हुनुपर्ने व्यवस्था गरेको छ तर कार्यान्वयनमा आउन सकेको छैन । टीकापुर नगरपालिकाका प्रमुख रावलले आफू स्थानीय तहमा आइसके पनि स्थानीय तह संचालन सम्बन्धी ऐन नियम संसदमा पास भइसकेको र प्रमाणिकरण हुन बांकी रहेको अवस्थामा ब्यवस्था भए अनुरुप अगाडि बढ्ने बताउनुभयो ।
 
नगर प्रमुख रावलले टीकापुरलाई बालश्रम मुक्त टीकापुर घोषणा गर्ने अभियानमा रहेको बताउंदै बालबालिकालाई श्रममा लगाउनेलाई कानूनी दायरामा ल्याउने बताउनुभयो ।
 
नगरपालिकाका सामाजिक विकाश शाखाका देवीप्रसाद आचार्यले टीकापुरमा बालमैत्री स्थानीय शासन लागू गर्नका लागि विभिन्न चरणहरु पूरा गरेको बताउंदै अझै पनि अभियान जारी रहेको बताउनुभयो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार