News & Events»
सामाजिक व्यावहार सुधार गर्ने विधेयक २०७१ बारे छलफल

 टीकापुर ३० असोज, 

जातिय छुवाछुत ( कसुर सजाय ) ऐन २०६८ लाई संसोधन  संसोधन गर्न बनेको विधेयक र सामाजिक व्यावहार सुधार गर्ने विधेयक २०७१ विषयक अन्तरक्रिया टीकापुरमा भएको छ । हिजो भएको कार्यक्रममा विभिन्न व्यक्तिले आ आफनो धारणा राख्नु भएको थियो । 
कार्यक्रममा नेकपा एमालेका मोहन विकले  भ्रस्टचार लागेका व्यक्तिलाई सरकारी रोजगारीका लागि अयोग्य  ठहरीय जसरी जातिय भेदभाव तथा छुवाछुत गर्नेलाई पनि अयोग्य ठहरीनु पर्नेमा जोड दिनु भएको छ । उहांले मुद्धा लिने प्रहरी प्रशासनमा छुै डेस्क स्थापना गर्न सके सजिलै मुद्धा दायर हुने बताउनुभयो ।
  त्यस्तै टीकापुरका जवाल सिंह तिरुवाले जातिय भेदभाव छुवाछुत सम्बन्धी कसुर गर्नेलाई उसको पद घटुवा गर्न सकिने सुझाव दिनु भएको छ ।
कार्यक्रममा राजी साल्म समाज टीकापुरका अध्यक्ष चित्रबहादुर राजीले मानिसले गरेको गल्ती अनुसारको सजाय भोग्नु पर्ने भएपनि कानुनले पहुंच वाला र ठुला बडालाई नछाएको गुनासो गर्नुभयो ।
जातिय छुवाछुत तथा विभेद दलित र गैर दलित दुवैमा रहेको तर दलित भित्र बढी रहेको शिक्षक हृदय रेग्मीले बताउनुभयो ।
कार्यक्रममा प्रेम विसी, रमेश विक,गणेश ओझा,दिनेश कुमार थारु लगायतले आफनो सझाव राख्नु भएको थियो । कार्यक्रम नागरिक सम्बमद केन्द्र धनगढीको आयोजनामा भएको थियो । कार्यक्रममा वरिष्ट अधिवक्ता सविता बराल र  संविधान सभा सदस्य गौरीशंकर चौधरीले सहजीकरण गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (मानव धर्म)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • हाम्रो शिक्षा पुन प्रसारण08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • हेलो भन्निछीन आमा5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार