News & Events»
टीकापुर जेसीजको सप्ताहब्यापी कार्यक्रम सम्पन्न, वडा नम्बर २ राजीपुरमा दम्पत्तीको मृत्यु पछि ब

 टीकापुर ३० असोज, 

टीकापुर जेसीजको सप्ताहब्यापी कार्यक्रम हिजो सम्पन्न भएको छ । टीकापुर जेसीज वर्ष २०१७ का कार्यवाहक अध्यक्ष तपेन्द्र स्वँरको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नं. १ का वडाअध्यक्ष गंगाराम आचार्य रहनु भएको थियो ।
प्रमुख अतिथि आचार्यले जेसीजले समाजका लागि उदाहरणीय काम गर्दै आईरहेकोले जेसीजको जति प्रशंसा गरे पनि नपुग्ने बताउनुभयो । कार्यक्रममा ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख बसन्त बोहरा, लम्की जेसीज २०१७ का अध्यक्ष जुगराम चौधरी, लाइन्स क्लब टीकापुरका अध्यक्ष भीमराम चपाई, ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी टीकाबहादुर कार्की, टीकापुर जेसीजका पूर्व अध्यक्ष टेक नारायण पौडेल, जगदिश्वर पण्डित लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा साताब्यापी कार्यक्रममा जिम्मेवारीपूर्ण काम गरेको भन्दै संयोजकहरुलाई र टीकापुर सरसफाई अभियानमा सरीक गुडीमुन्टे जोडी झलनाथ खनाल र राजेन्द्र विश्वकर्मालाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।
टीकापुर जेसीज वर्ष २०१७ का कार्यकारी उपाध्यक्ष सुरेश रिमालले स्वागत गर्नुभएको कार्यक्रममा महासचिव गणेश साउदले कार्यक्रम संचालन गर्नुभएको थियो । जेसीजको सप्ताहब्यापी कार्यक्रम असोज २४ गतेदेखि शुरु भएको थियो । 
जेसीजले टीकापुर नगरपालिका वडा नम्बर २ राजीपुरमा दम्पत्तीको मृत्यु पछि बेसहारा बनेको परिवारलाई सोमवार नै राहत प्रदान गरेको छ । सप्ताहब्यापी कार्यक्रम अन्र्तगत बेसहारा परिवारका लागि जाडो याममा लगाउने लुगा र १० हजार ५५ रुपैया नगद प्रदान गरिएको राहत वितरण कार्यक्रमका संयोजक मंगल साउदले जानकारी दिनुभयो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार