News & Events»
दशै तिहारमिलन तथा सुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

 टीकापुर ३० असोज, 

टीकापुर सांस्कृतिक समाज टीकापुरको आयोजनामा तिहार मिलन तथा सुभकामना आदनप्रदान कार्यक्रम भएको छ । समाजका अध्यक्ष प्रेम बहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिति वडा नं. १ का वडाध्यक्ष गंगाराम आर्चाय रहनु भएको थियो । भने  विशिष्ट अतिथि टीकापुर नगर विकास समिति अध्यक्ष राम चन्द्र शर्मा कट्टेल रहनु भएको थियो ।  
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले सांस्कृतिक कार्यक्रमको लागि बजेट छुट्याएको कुरा जानकारी गराउदै संस्कृति संरक्षणमा आफु सधै सहयोग गरिरहने प्रतिबद्धता जनाउनु भयो । विशिष्ट अतिथि रामचन्द्र शर्मा कटेलले आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो । 
कार्यक्रममा बोल्ने वक्ताहरु एकआपसमा सुभकामना आदनप्रदान गर्नुका साथै संस्कृतिको संरक्षण गर्नुपर्ने र नया“ पिढीमा पुराना संस्कृति हस्तान्तरण गर्दै जानुपर्ने कुरामा जोड  दिएका थिए । 
कार्यक्रममा टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजनाका अध्यक्ष नवराज रावल, समाजसेवी बलबहादुर रावल, जनकबहादुर रावल, कलाकार नवराज रिमाल, निर्मला कडायत, कृष्ण भण्डारी लगायतले बोल्नु भएको थियो । झपट बहादुर रावलले स्वागत गर्नुभएको कार्यक्रममा सञ्चालन कण्ठराज गिरीले गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार