News & Events»
रानी जमरा कुलरिया सिचाई आयोजना कृषि तर्फ कार्यान्वयन इकाईको प्रथम चरणको कार्यक्रम सम्पन्न, ५ वर

 टीकापुर ३१ असोज, 

सुदुरपश्चिमाञ्चल क्षेत्रिय कृषि निर्देशनालयका प्रमुख पशुपति पोखरेलले यस क्षेत्रमा बाली सघनतालाई बढाउदै जानु पर्ने बताउनु भएको छ । रानी जमरा कुलरिया सिचाई आयोजना कृषि तर्फ कार्यान्वयन इकाई टीकापुरको प्रथम चरणको कार्यक्रम समापन कार्यक्रममा उहाँले रानी जमरा कुलरिया सिचाई आयोजनाले कृषि क्षेत्रमा रहेका संचित क्षेत्रफलमा सिचाई पु¥याई उत्पादन बढाउने भएकाले उत्पादन बढाउनलाई समयानुकुल बाली सघनता प्रणाली अपनाउनु पर्ने बताउनु भयो । 
आयोजनाको निति निर्देशिका भन्दा समानुकुल र परिवेश अनुसार कृषि कार्य गर्दै जानु पर्ने, निरन्तर खेतीले माटोको उर्वराशक्तिमा ह्रास आउने भएकाले माटोको उर्वराशक्ति र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भयो । कृषिमा दक्ष तथा सिप भएका व्यक्तिले राम्रो प्रतिफल दिन सक्ने भएकाले कृषि उत्पादनलाई सुरक्षित गर्नको लागि कृषि विमा कार्यक्रमलाई सरलीकरण गरि किसान माझ विस्तार गर्नुपर्ने बताउनु भयो ।
 कार्यक्रममा  जिल्ला कृषि विकास कार्यलय धनगढीका प्रमुख युवराज पाण्डेले रानी जमरा कुलरिया सिचाई आयोजनाका कृषि तर्फको कार्यक्रमले किसानलाई यान्त्रीकरण तर्फ उन्मुख गरेको बताउनु भयो । उहाँले आयोजनाले संचालन गरेको क्षेत्रमा कृषिको विकास गर्नको लागि कुनै  एक बालीको रुपमा स्रोतको विकास गर्नू पर्ने र  प्याकेज  क्षेत्रको रुपमा जानु पर्ने बताउनु भयो 
रानी जमरा कुलरिया सिचाई आयोजना कृषि तर्फका कोडिनेटर कुलप्रसाद तिवारीले २०११ देखि २०१७ सेप्टेम्बर ३० सम्म संचालन भएको आयोजनाको पहिलो चरणको कार्यक्रम र दोस्रो चरणमा संचालन हुने प्रस्तावित कार्यक्रमको बारेमा जानकारी  गराउनु भयो । 
उहाँले पहिलो चरणको कार्यक्रममा  ८ वटा कार्यक्रमा अन्र्तगत ब्लक प्रर्दशन, बिउ उत्पादन, तरकारीबाली र फलफुल खेती रहेको  थियो । जस मध्ये अन्नबाली ७ सय ९१ हेक्टर, बिउ उत्पादन ७ वटा सहकारी,  १ सय ३२ वटा पावर टिलर वितरण,  ६ वटा एग्रिनेट घर, ८६ वटा एकिकृत शत्रुजिव व्यवस्थापन कृषक पाठशाला संचालन  लगाएत कार्यक्रम भएको थियो । 
यस्तै रानी जमरा कुलरिया सिचाई आयोजनाको दोस्रो चरणको प्रस्तावित कार्यक्रम अन्र्तगत विजवृद्धिको प्रतिफलमा आधारित कार्यक्रम, कृषि प्रविधिक, औजार, विज्ञान प्रविधिमा रहेको प्रस्ताव र मागमा आधारित कार्यक्रम, युवा लक्षित कार्यक्रम, पशु चरण तथा गोठ सुधार कार्यक्रम, उत्पादन पश्चातका कार्यक्रम, कृषक अवलोकनका कार्यक्रम, कृषि सेवा प्रवाह तथा सेवाका कार्यक्रम र ब्लकको लागि क्षेत्र निर्धारणका कार्यक्रम रहेका छन् । 
कार्यक्रममा रानी जमरा कुलरिया सिचाई आयोजनाका कमाण्ड क्षेत्रभित्र रहेका विभिन्न कृषक सहकारी, कृषक समुह, किसान लगाएतको सहभागिता रहेको थियो । रानी जमरा कुलरिया सिचाई आयोजनाको  १४ हजार, ५ सय हेक्टर कमाण्ड क्षेत्रफल रहेको र पहिलो ५ वर्षिय आयोजनाको  कृषि तर्फ ३८ करोड वजेट रहेको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (मानव धर्म)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • हाम्रो शिक्षा पुन प्रसारण08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • हेलो भन्निछीन आमा5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार