News & Events»
शहिद स्मृति जनस्वास्थ्य सहकारीको अध्यक्षमा योजना अधिकारी चयन, उत्कृष्ट अंक ल्याई एसइइ परीक्षा

 टीकापुर पुस २२ गते, 

शहिद स्मृति जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा नयाँ संचालन समिति चयन गर्दै सम्पन्न भएको छ । सभाले योजना अधिकारीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष दिपक रावल, कोषाध्यक्ष चन्द्रा कुमारी चौधरी, सचिवमा रतनराज तिमिल्सिना, सहसचिव संजयराज भण्डारी  र सदस्यमा शितल चौधरी, पुष्पराज उपाध्याय, रामरति चौधरी, राधिका रावल, राधा साउद र कृष्ण खनाल रहनुभएको छ । नन्दबहादुर केसीको संयोजकत्वमा सिता खनाल र मिना विश्ककर्मा सदस्य रहेको ३ सदस्यीय लेखा समिति गठन भएको छ । 
सहकारीका अध्यक्ष बलबहादुर रावललको अध्यक्षतामा भएको कार्यक्रमका टीकापुर नगरपालिकाका उपमेयर केशरी विष्ट प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी विष्टले स्वास्थ्यकर्मीले जनताको सेवामा सर्मपित हुदै सहकारी मार्फत सहयोग गरि गरिबी, असमानता जस्ता कार्य अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले समानताको नीतिलाई आत्मसात गर्दै सर्वसुलभ औषधी पसल, कर्जा प्रवाह लगायतका कार्य गरि उन्नती र प्रगति गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्यले शहिद स्मृति जनस्वास्थ्य सहकारीले आफनै भौतिक संरचना निमार्ण गरि सेवा प्रवाह गर्नु आवश्यक रहेको बताउनुभयो । यसका लागि टीकापुर नगरपालिकाको तर्फबाट वजेट विनियोजन सहित सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सल्लाहाकार संयोजक कमल रावलले सहकारीले संचालन गरेको सुपथ औषधी पसललाई व्यवस्थित गर्दै जानुपर्ने बताउनु भयो । उहाँले सहकारीलाई आवश्यकता पर्दा ऋण लिने थलोको रुपमा नभई सेवाको थलोको रुपमा सहकारीको विकास गर्नु पर्ने बताउनुभयो ।
शिक्षा उपसमितिका संयोजक शंकरप्रसाद शर्माले टीकापुर अस्पतालमा संचालनमा रहेको सुपथ औषधी पसलमा दिर्घ रोगी विरामीलाई दृष्टिगत गरि सेवन गर्ने औषधीमा एकरुपता ल्याई  सेवा प्रवाह गर्नुपर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । सहकारीले गत वर्षको एइइ परिक्षामा सर्वोकृष्ट अंक ल्याउने शेयर सदस्यका परिवार मध्ये छात्रा तर्फ निसा साउदलाई   सम्मान पत्र सहित ३ हजार र छात्रतर्फ धिरज केसी र विनय भण्डारीलाई सम्मान पत्र सहित जनही २ हजार नगर सहित पुरस्कृत गरेको छ । 
कार्यक्रममा आर्थिक वर्ष २०७३÷०७४ को ९ लाख ६० हजार १ सय ३३ रुपैया बराबरको आयव्यय विवरण प्रस्तुत गरिएको छ । सहकारीमा हालसम्म १ सय ९९ जना शेर सदस्य रहेका छन भने सहकारीको शेयर पुँजी १६ लाख ३० हजार, र खुद नाफा ३ लाख ४५ हजार रहेको छ । योजना अधिकारीले स्वागत गर्नु भएको कार्यक्रम संचालन मिन विकले गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार