News & Events»
नव निर्माण बचत तथा ऋण सहकारी सोह्र लाख पचहत्तर हजार नाफा कमाउन सफल, चौथो बार्षिक साधारण सभामा चार

 पुर्ण विक ÷टीकापुर पुस २२ गते, 

नव निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको चौथो वार्षिक साधारण सभा भएको छ । दुइ करोड पैतालिस लाख बयासी हजार नौ सय सतहत्र रुपैया पुजी रहेको सहकारीले सोह्र लाख पचहत्तर हजार आठ सय सैतिस रुपैया खुद नाफा कमाएको छ । सहकारीमा हाल २ सय ६३ जना शेयर सदस्य रहेका छन् । सहकारी संस्थाले आ.व.२०७३÷०७४ मा एक करोड छियानब्बे लाख उनानब्बे हजार पांच सय पचासी रुपैया लगानी गरेको जनाएको छ ।
साधारण सभामा विभिन्न चार जनालाई सम्मान पनि गरेको छ । सहकारीले असल ऋणी तर्फ देवबहादुर सुनार, असल बचत कर्ता प्रेमप्रसाद आचार्य, बजार प्रतिनिधी जानकी देवि कठायत र शोभा रावललाई सम्मान गरेको हो । 
नव निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गजेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक शाखा कार्यँलय धनगढीका शाखा प्रमुख कृष्ण रावल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले संस्थाले शेयर सदस्यको आयस्तर बृद्धि गर्न खुत्रुके बचत कार्यक्रमलाई लागु गर्न सकिने सुझाव दिनुभयो । उहांले विभिन्न समुहहरुमा गई समुह निक्षेप संकलन गर्न सुझाव दिनु दिनुभयो ।
कार्यक्रममा कन्चन विकास बैकका टीकापुरका प्रमुख रमेशप्रसाद भाट, दाताराम उपाध्याय, थर्कबहादुर शाह, देवानन्द रिमाल, जनकल्याण बचत तथा ऋण सहकारीका प्रवन्धक छविलाल जैसी, पत्रकार पुर्ण विक लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीले शेयर सदस्यहरुको आयस्तर विकास गर्ने खालका गतिविधि संचालन गर्न सुझाव दिएका छन् ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार