News & Events»
टीकापुर स्रोत केन्द्र स्तरिय रनिङशिल्ड प्रतियोगिता २०७४ आजबाट शुरु, विद्यार्थी संख्या कम भएका

 टीकापुर २३ पुष,

टीकापुर स्रोत केन्द्र स्तरीय रनिङशिल्ड प्रतियोगिता २०७४ आजबाट शुरु भएको छ । प्रतियोगितामा यस क्षेत्रका २२ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा मावि र प्रावि तहका  लागि छुट्टाछट्टै विधाका खेलहरु खेलाईने भएका छन् । 
आयोजक विद्यालय सरस्वति मावि बनगाउका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनराज घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि तथा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले कतिपय विद्यालयमा विद्यार्थी संख्या न्यून रहेकोले त्यस्ता विद्यालयलाई विद्यार्थी संख्याका आधारमा मर्ज गरिने वा खारेजी गरिने बताउनु भयो ।
नगर प्रमुख रावलले विद्यालयले गर्ने विभिन्न गतिविधीको आधारमा विद्यालयलाई सेवा सुविधा दिईने बताउनु भयो । उहांले अबका दिनमा विद्यालयले गर्नेै यस्ता कार्यक्रमका लागि वजेटको व्यवस्था गरिने पनि बताउनुभयो ।
  कार्यक्रममा विशिष्ट अतिथि नगर शिक्षा समिति प्रमुख तथा विद्यालय निरीक्ष्ँक धनराज धामीले यस्ता कार्यक्रमलाई व्यवस्थित रुपमा समापन गर्न सबै शिक्ष्ँक तथा विद्यालयको समान जिम्मेवारी रहेको बताउनुभयो । 
कार्यक्रममा टीकापुर नगरपालिका वडा न. १ का वडा अध्यक्ष गंगाराम आचार्य, कर्णाली मावि टीकापुरका वि.व्य.स. अध्यक्ष खडकबहादुर शाह, लम्की चुवा नगरपालिकाका स्रोत व्यक्ति टीकाराम जोशी, राष्ट्रिय मावि मनिकापुरका प्र.अ. शम्भूराज भट्टराई लगायतको बोल्नु भएको थियो । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार