News & Events»
असल छिमेकी सहकारी संस्थाको पाचौ साधसारण सभा

 टीकापुर २३ पुस, 

जानकी गाउपालिका वडा नं. ९को बोक्लौवामा असल छिमेकी सहकारी संस्थाको पाचौ साधसारण सभा सम्पन्न भएको छ । विन्द्रादेवी चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम उद्घाटन गर्दै  वडा नं.९ का अध्यक्ष खकेन्द्र भण्डारीले सहकारी किसानको हितमा काम गर्नलाई स्थापना भएकोले किसानको हितको लागि आगामी दिनमा बजेट विनियोजन गरी सहयोग गर्ने बताउनु भयो । 
उहाले सम्मानित हुने कुराले मात्र ठुलो नहुने भएकोले आगामी दिनमा यस्तै सफल ऋणीको संख्यामा बृद्धी गर्न आवश्यक रहेको बताउनु भयो । ...१ 
कार्यक्रममा सेवक नेपाल लघुउद्यम विकास अधिकृत दुर्गा प्रसाद ढुङ्गानाले किसानको लागि मलखाद उपलब्धता र क्षमता विकासको कुरामा ध्यान आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा असल ऋणी हिंगा चौधरी, सीता चौधरी, फुलीया चौधरी, यशोदा देवी भाट, संजीता चौधरी, रिता चौधरी गरी ६ जनालाई प्रशंसा पत्रले सम्मान गरिएको छ ।  
कार्यक्रममा संस्थाका कोषाध्यक्ष हिकमत दर्लामीमगरले आर्थिक वर्ष २०७३–२०७४ को  ५८ लाख १८हजार ७ सय ९१ रुपैया बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा कञ्चन डेप्लोपमेन्ट टीकपुरका प्रमुख रमेश प्रसाद भाट, जन्ता माविका प्रअ कपीलराज भाट, कालिका सामुदायिक वनका चन्द्रगुरुङ्ग, सामाजसेवी पदम टमट्टा, श्याम प्रसाद चौधरी, अविलाल सलामीमगर लगायतले बोल्नु भएको थियो । भक्तराज भाटले स्वागत गर्नु भएको कार्यक्रममा सञ्चालन धनसरा तिरुवाले गर्नु भएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार