News & Events»
टीकापुरस्थित साथी अस्पतालमा २४ सै घण्टा बिशषेज्ञको सेवा, २४ सै घण्टा बिशषेज्ञको सेवा पाइने भएपछ

 दुर्गा देवकोटा टीकापुर २६ पुष,

 टीकापुरस्थित साथी अस्पतालले २४ घण्टा बिशषेज्ञ सेवा दिन थालेको छ । अस्पतालले आकस्मिक सेवा एमबिबिएस डाक्टरबाट तथा सर्जन र फिजिसियन गरी दुई जना डक्टरबाट नियमित बिशषेज्ञ सेवा दिइरहेको छ ।
  यस बाहेक अस्पतालले छाला बिशषेज्ञ महिनामा दुई पटक, हाडजोर्नी ४ पटक र स्त्रि रोग बिशषेज्ञबाट दुई पटक सेवा दिइरहेको जनाएको छ । सकेजति टीकापुर मै उपचार होस् भन्ने उदेश्यले बिशषेज्ञ डाक्टरको सेवा साथी अस्पतालमा मिलाएका अस्पताल व्यबस्थापक नगेन्द्र शाहीले भन्नुभयो ।
 सर्बसाधारणले थाहा नपाएका कारण बिशेषज्ञको उपचार लिनेको संख्या सोचे अनुसार नभएको उहांले भन्नुभयो । शाहीले बिशषेज्ञ सेवा लिन बाहिर जानुपर्ने र महगाें शुल्क तिर्नुपर्ने बाध्यता भएको भन्दै साथी अस्पतालले सार्बजनिक बिदाका दिनमा बाहेक अरु दिन दुई सय रुपैयामा बिशषेज्ञ सेवा दिइरहेको बताउनुभयो ।
अस्पतालमा १५ बेड संचालनमा छन् । आधुनिक ल्याब सहित भिडियो एक्सरे, इण्डोसकोपी, डिजिटल एक्सरे र इसिजी लगायतका सेवा अपस्तालले प्रदान गर्दै आएको छ । ओपिडीमा ५० रुपैया शुल्कमा बिरामी जाच हुने गरेको छ । २०७४ साउन १ गतेबाट संचालनमा आएको अस्पतालमा २९ स्वास्थ्यकर्मी र कर्मचारी छन् ।
 भबिष्यमा अस्पताललाई ५० बेडमा परिणत गर्ने र त्यहि खालको सेवा बिस्तार गर्ने योजना अस्पताल संचालक समितिको रहेको छ भने शैक्षिक कार्यक्रम पनि संचालन गर्ने योजना रहेको अस्पतालले छ । अस्पताल संचालनमा आएपछि १० हजार बढीले सेवा लिएको बुझिएको छ । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार