News & Events»
थारु समुदायको ठुलो पर्व माघीको तयारी थारु बस्तीमा सुरु, दुना टपरी लाउने देखि मासुको जोहो गर्दै

 दिल बहादुर चौधरी, टीकापुर २७ पुस, 

 माघी पर्व थारु समुदायको  मुख्य पर्व  हो  ।  माघी पर्व देखि  थारु समुदायका गाउँमा नयाँ योजना , गाँउ संचालनको लागि  बड्घर समिति गठन, घर छुट्टिने देखि लिए नाचगान सहित ३ दिन सम्म धुमधामका  साथ मनाइन्छ । माघी तयारी भन्दै आधा महिना देखि विभिन्न तयारी भैरहेका छन्  । 
 थारु बस्तीमा माघीको तयारीको लागि  दुना टपरी लाउने देखि मासुको जोहो गर्ने सुगुर÷बंगुरको मासु खानेहरुका लागि लिस्ट बनाउने, माघी नाचको लागि मादल बनाउने, नाच्ने समुह बनाउने लगाएत काम भैरहेको छ । गाउगाउमा माघीका कार्यक्रम बनाउने माघी मिलनमा थारुका खानपान र सांस्कृतिक कार्यक्रमको लागि पनि सरसल्लाहा गर्ने कार्य हुन्छ  । माघी पर्वमा आफन्त तथा साथीभाइलाई थारु जातिको पकवान ढिकरी, अन्डीको रोटी, सुगुर बंगुरको मासु खाने÷खुवाउने चलन छ । गाउभरीका थारुले एकै ठाउमा सुगुर बंगुर काटने हुदा आफनो परिवारलाई चाहिने सुगुर बंगुरको मासुका लागि जोहो गरिन्छ   । यो पर्वमा थारुका घरमा खासगरी सुगुर र बंगुरको मासु खाने चलन रही आएको छ । टीकापुर बनगाउँका बड्घर बीर बहादुर चौधरी बताउछन ।
 माघी पर्वमा आफना दिदीबहिनी तथा साथीभाइलाई आमन्त्रण गर्ने, माघीमा नुहाउने घाटमा मेला लगाउने कार्य पनि गरिन्छ  । माघीमा विशेष गरि  ढिकरी, अन्डीको रोटी, बैरको चट्नी खाने  र  मादक पदार्थ बनाउने थारु समुदायको परम्परा रहेको  छ । यसका लागि पीठो पिसाउने देखि अन्य सामाजिक कामको थालनी भैरहेको  बताउन हुन्छ टीकापुर बनगाँउकी  मीना चौधरी । 
माघी पर्वलाई थारु जातिले नया वर्षका रुपमा पनि लिने भएकाले यो पर्वपछि थारु गाउका लागि चाहिने बडघर, चौकीदार र गुरुवा छान्ने काम हुन्छ ।  माघीमा गाँउको विकासशिल कार्य देखि घर छिनोफानो ,नयाँ कामको थालनी, योजना बनाउने, गाउँघरमा भइ गरेको कार्यको लेखाजोखा पनि हुने गर्दछ । मुक्त कमैया शिविर शिवनगरका बड्घर रामफल चौधरी बताउछन।
 माघी पर्व ३ दिनसम्म धुमधामसाथ मान्ने भएकाले पछिल्लो अवस्थामा माघीलाई थारुको पहिचान र सँस्कृति सँग जोडेर विभिन्न  खानपिन तथा साँस्कृतिक कार्यक्रम पनि  आयोजना गर्ने गरिन्छ  ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार